महत ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू असन्तुष्ट


प्रकाशित मिति : आश्विन १२, २०७३ बुधबार

ईयूले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम असन्तुष्ट बनेका हुन् ।

महत नेतृत्वको टोली ब्रसेल्स हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको थियो । त्यसैअनुसार ब्रसेल्सस्थित नेपाली दूतावासले महतको ईयू अध्यक्ष जो क्लाउड योङर र बेल्जियमका परराष्ट्रमन्त्री डिडिआर रेग्डरसँग भेटघाटको समय मिलाएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित नेपाल भ्रमण र आफ्नो अपर्झट गोवा भ्रमण तयारीका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले छिटो स्वदेश फर्किन परराष्ट्र सचिव शंकरदास बैरागीलाई निर्देशन दिएपछि महत टोलीको ब्रसेल्स भ्रमण स्थगित गरिएको हो ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर अमेरिकाको राजधानी वासिङटन डीसी पुगेका महत र बैरागी शनिबार मात्रै काठमाडौं फर्किंदै छन् । परराष्ट्रमन्त्री महत बिहीबार फर्कने तयारी गरिएको भए पनि अमेरिकास्थित नेपाली दूतावासले गर्ने राष्ट्रिय दिवसमा उपस्थिति जनाउन उनले बसाइ लम्ब्याएको उनका प्रेस संयोजक एकराज पाठकले बताएका कान्तिपुरमा खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कबाट सीधै काठमाडौं जानुपर्ने भएकाले भेटघाट रद्द गरिएको जानकारी ईयूलाई गराइएको भए पनि टोली अमेरिकामै रहेको थाहा पाउँदा अझै नराम्रो हुन सक्ने एक कूटनीतिज्ञले बताए । अन्तिम समयमा जोडबल गरेर तय गरिएको भेटघाट आफैं रद्द गर्नुपर्दा दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् । ‘यस्ता कामले हामीलाई काम गर्ने उत्साह मिल्दैन,’ ती अधिकारीले भने, ‘यसमा राजनीतिक नेतृत्वभन्दा पनि मन्त्रालय नेतृत्वको कमजोरी देखिन्छ । सही समयमा सल्लाह र सुझाव दिन नसक्दा यस्तो भएको हो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com