कर संकलनको दायरा बढ्दै


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आइरहेको छ । केही वर्षयताको राजस्व संकलन तथ्यांक हेर्दा वार्षिकरुपमा लक्ष्यभन्दा पाँचदेखि २१ प्रतिशतसम्म बढी राजस्व संकलन गरेको छ ।

निजी क्षेत्र, उद्योगी, व्यवसायीमा अझै पनि कर तिर्ने बानीको विकास सहज नभएको अवस्थामा कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ शर्माले कर तिर्ने बानीको विकासका लागि समन्वयको अभाव देखिएको बताउनुभयो ।

“कार्यालय कर संकलनका हिसाबले मुलुकमै महत्वपूर्ण स्थानमा आउँछ ।” प्रमुख कर अधिकृत शर्माले भन्नुभयो– “करदाताले राजस्व समयमा नबुझाउँदा स्वयंलाई घाटा हुने भएकाले सचेत हुनु आवश्यक छ ।” उहाँले कर संकलनका विषयमा उद्योग वाणिज्य संघलगायत वस्तुगत संघको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभयो ।

“भ्याटमा दर्ता नभएर एउटै नम्बरमा समेत तीन÷चार वटा व्यवसाय गरेको पनि देखियो ।” उहाँले भन्नुभयो– “बिना इजाजत पनि अन्तशुल्कजन्य कारोबार गरेका छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले निजी क्षेत्र, उद्योगी, व्यवसायी र कर प्रशासनबीच समन्वयको आवश्यकता रहेको बताउँदै आगामी दिनमा त्यसका लागि ठोस कार्ययोजनासहित अगाडि बढ्ने तयारी रहेको बताउनुभयो । प्रमुख कर अधिकृत शर्माले करदाता शिक्षा प्रभावकारी बनाउनुका साथै अनुगमन तथा कर नतिर्नेलाई कारबाहीको दायरामा ल्याइनेमा जोड दिनुभयो ।

कार्यालयले चालु आवका सात महिना (मंसिर मसान्त) सम्म रु ५२ करोड ९८ लाख ९७ हजार राजस्व संकलन गरेको छ । चालु आवमा कार्यालयले रु एक अर्ब १९ करोड ३१ हजार ५०० राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी आव २०७०÷०७१ रु ५० करोड ४४ लाख ५२ हजार राजस्व संकलन भएको छ । जुन लक्ष्यभन्दा १६ प्रतिशतले बढी हो ।

त्यस्तै आव २०७१÷०७२ मा रु ६० करोड ३५ लाख ८८ हजार राजस्व संकलन गरिएको कार्यालयका नायब सुब्बा भीमबहादुर विष्टले जानकारी दिनुभयो ।सो वर्षमा १२ प्रतिशतले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।

कार्यालयले वार्षिक राजस्व संकलनको दायरा बढाउँदै आव २०७२÷०७३ मा रु ७४ करोड ३३ लाख ९१ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । सो वर्ष पाँच प्रतिशतले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको देखिन्छ ।

त्यसैगरी आव २०७३÷०७४ मा कार्यालयले रु ९७ करोड ४८ लाख ८६ हजार राजस्व संकलन गरेको छ । चार वर्ष अघिसम्म वार्षिक लक्ष्य रु ४३ करोड रहेको कार्यालयले हाल रु एक अर्ब १९ करोड लक्ष्य लिएर कर संकलनको दायरा निकै फराकिलो पार्दै लगेको भए पनि बैतडी जिल्लाबाट राजस्व संकलन अन्य जिल्लाका तुलनामा कम हुने गरेको छ ।

चार वर्षयता मुअकर रु चार करोड बक्यौता संकलन बाँकी रहेको छ । आयकरतर्फ पनि २०७० सालयता रु चार करोड ५० लाख बक्यौता संकलन बाँकी देखिएको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com