चुनावी कार्यक्रमलाई छिटो सम्पन्न गर्न नेता नेपालको जोड


प्रकाशित मिति : १५ पुस २०७४, शनिबार

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगले मतपरिणामलाई सार्वजनिक गरेर चुनावी कार्यक्रमलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अखिल नेपाल महिला संघ काठमाडौँ ९ ले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले नेपाली काँग्रेसले निर्वाचनमा व्यहोर्नपरेको हारलाई सहज रुपमा लिन नसकेको बताउनुभयो ।

उहाँले वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति क्रियाशील रहेको पनि बताउनुभयो । राष्ट्रियसभा गठनका लागि ल्याइएको अध्यादेश गैरसंवैधानिक भएको विचार व्यक्त गर्दै उहाँले राष्ट्रपतिलाई सो अध्यादेश जारी गर्न बाध्यात्मक अवस्था सिर्जना गरिएको बताउनुभयो ।

रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com