तार जोड्दा करेन्ट लागेर मृत्यु


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

लापर्बाहीपूर्वक हाइटेन्सन लाइनको तार जोड्ने काम गर्दा आज मध्य धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४, पुर्सुकमा एकजना मजदुरको ज्यान गएको छ । तार जोड्दै गर्दा माथि अर्को तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला वित्थडचिर गाउँपालिका वडा नं ८ का २२ वर्षीय जयराम अगस्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

लाइन बन्द नगरी मुख्य लाइन (हाइटेन्सन लाइन) को तार जोड्ने काम गर्दै गर्दा करेन्ट लागेपछि अगस्तीको घटनास्थलमै मृत्यु भएको र अहिलेसम्म पनि तारमा अड्किरहेको र शव झिक्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

गाउँमा शाखा लाइन जोड्न पोल गाड्ने र तार टाँङ्ने काम भइरहेको अवस्थामा एक टोली खम्बा गाड्ने काम गर्दै गर्दा अगस्ती तार जोड्न पोलमा चढेको र घटना भएको सुनेर उद्धारका लागि गाउँवासी सो स्थानमा पुग्दा उनको मृत्यु भइसकेको अर्का कामदार हरि तिमल्सिनाले जानकारी दिनुभयो ।

रातिको समय भएकाले शव पोलमा झुण्डिएको अवस्थामा निकाल्न नसकेका कारण सदरमुकाम ल्याउन सकिएको छैन । प्रहरी टोली घटनास्थलमा पुगेको छ । कामदारको लापर्बाही र सुरक्षा उपाय नअपनाई काम गरिएकाले घटना भएको प्रहरीको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com