इजिप्टका पूर्वराष्ट्रपतिलाई मोर्सीलाई अर्को तीन बर्ष जेल सजाँय


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाँय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

अदालतले पूर्व राष्ट्रपति मोर्सीसहित उहाँको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबास सजाँयका लागि आदेश दिएको छ । मुद्दाका प्रतिवादी मोर्सी तथा उहाँको दलका सदस्यमाथि न्याय प्रणालीमाथि अपहेलना गरेको आरोप लागेको थियो । उनीहरूले इजिप्टको अदालतका केही न्यायाधीशमाथि अपमानित गरेको तथा न्यायलयमाथि घृणा जगाउने गतिविधि गरेको अदालतले ठहर गरेको छ ।

पूर्व राष्ट्रपति मोर्सीलाई सन् २०१२मा आफ्ना समर्थकलाई उक्साएर विरोधी समूहसँग भीषण भिडन्त गराएको भन्दै यस पहिल्यै २० बर्ष र कतारलाई महत्वपूर्ण कागजात चुहाएको आरोपमा २५ बर्ष जेल सजाँय तोकिएको थियो । इजिप्टमा लामो समय शासन गरेको मुश्लिम ब्रदरहुडका प्राय नेता अहिले कैदी जीवन विताउँदै आएका छन् ।

केही उच्च पदस्थ नेतालाई हिंसा गर्न उत्तेजित गरेको, इजिप्टका जासुस सदस्यको हत्या गरेको तथा जेलबाट भाग्न प्रेरित गरेको आरोपमा लामो जेल सजाँय तोकिएको छ भने केही अन्यलाई पुनरावेदन गर्न मिल्ने गरी मृत्यु दण्डको सजाँय सुनाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com