काठमाडौं १३ पुस । प्रमुख राजनीतिक दल नेकपा एमाले स्थायी समितिको बैठकले ७ वटै प्रदेश सभाका लागि पठाउनु पर्ने समानुपातिक सांसदको सूची फाइनल गर्न लागेको छ ।
पार्टी अध्यक्ष ओली निवास बालकोटमा जारी बैठकमा समानुपातिक सांसद सूची फाइनल गर्ने बाहेक पार्टी एकताका बारेमा समेत छलफल हुने सचिव प्रदीप ज्ञावलीले जानकारी दिए ।
बैठकमा अध्यक्ष ओलीले पार्टी एकता, सरकार गठन र माअोवादी अध्यक्ष प्रचण्डसंग भएको छलफलको बारेमा समेत जानकारी गराउने छन् । पार्टी एकताको चाहनाले गर्दा एमाले पंक्तिमा समानुपातिक सांसद भन्दा पार्टी एकताका बारेमा के निर्णय हुन्छ भन्ने चासो बढेको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।