एमाले स्थायी समिति बैठक जारी, प्रदेश समानुपातिक सूची फाइनल गर्ने


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

काठमाडौं १३ पुस । प्रमुख राजनीतिक दल नेकपा एमाले स्थायी समितिको बैठकले ७ वटै प्रदेश सभाका लागि पठाउनु पर्ने समानुपातिक सांसदको सूची फाइनल गर्न लागेको छ ।

पार्टी अध्यक्ष ओली निवास बालकोटमा जारी बैठकमा समानुपातिक सांसद सूची फाइनल गर्ने बाहेक पार्टी एकताका बारेमा समेत छलफल हुने सचिव प्रदीप ज्ञावलीले जानकारी दिए ।

बैठकमा अध्यक्ष ओलीले पार्टी एकता, सरकार गठन र माअ‍ोवादी अध्यक्ष प्रचण्डसंग भएको छलफलको बारेमा समेत जानकारी गराउने छन् । पार्टी एकताको चाहनाले गर्दा एमाले पंक्तिमा समानुपातिक सांसद भन्दा पार्टी एकताका बारेमा के निर्णय हुन्छ भन्ने चासो बढेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com