मध्यराती काठमाडौ को सुन्धारामा घट्यो ठुलो घटना


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

काठमाडौ । सुन्धारास्थित केन्द्रीय कारागारबाट मध्यराती कैदी भागेपछि डिएसपी लगायत प्रहरी कारबाहीमा परेका छन्। सुरक्षामा लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयले केन्द्रीय कारागारमा कार्यरत डिएसपी नेत्रबन्धु शर्मासहितका प्रहरीलाई कारबाही गरेको हो।गत मंसिर ४ गते कैदी पुन्न बहादुर शाही जेलको पर्खाल नाघेर भागेका थिए। हालसम्म उनी पक्राउ परेका छैनन्। घटनाको छानबिनका लागि गृह र महानगरीय प्रहरी कार्यालयले दुई समिति गठन गरेको थियो।
गृहले कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे तथा महानगरीय प्रहरी कार्यालयले एसएसपी पूर्णचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ। दुवै समितिले आफ्नो प्रतिवेदन बुझाइसकेका छन्।महानिर्देशक घिमिरे संयोजकत्वको छानबिन समितिले गत साता गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा केन्द्रीय कारागारको सुरक्षामा तत्काल अपनाउनुपर्नै विषयमाहरुमा सुझाव दिइएको छ। ‘कैदी भाग्नुमा प्रहरी र प्रशासनको मिलेमतो नभई कमजोरी देखियो,’ महानिर्देशक घिमिरेले भने,‘कारागारको कमजोर भौतीक संरचनाको फाइदा उठाएर उनी भागेका थिए।’

पर्खाल चढेर भागे
केन्द्रीय कारागारको भद्रजेलमा रहदै आएका शाही रातको करिब साढे १ बजे भागेका थिए। प्रहरीकै ब्यारेकको छत हुँदै उनी दक्षिणतर्फको पर्खाल नाघेर भागेका थिए। भोलीपल्ट उनी नभेटिएपछि अनुसन्धान गर्दा मात्र उनी भागेको खुलेको हो।

डिएसपीलाई सचेत, तीन प्रहरी निलम्बित
प्रहरीको ब्यारेककै छत हुँदै कैदी भाग्दा पनि केही थाहा नपाउनु चरम लापरबाही भएको भन्दै महानगरीय प्रहरी कार्यालयले त्यतीबेला डिउटीमा रहेका तीन प्रहरीलाई निलम्बन गरेको छ।असई लगायत अन्य केही प्रहरीलाई विभागीय कारबाह िगरिएको छ, डिएसपी शर्मालाई पनि स्पष्टिकरण सोधेर सचेत गराइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।आन्तरीक प्रशासन ६ जना नाइकेलाई पनि निलम्बन गरिएको छ। रातको समयमा जेलको मुख्य गेटबाट उनी भाग्नुमा कतिपय कैदीहरुको समेत मिलेमतो हुनसक्ने आशंका गरिएको छ।

पहिला पनि भागेका थिए शाही
जर्बजस्तीकरणी मुद्दामा जेल परेका शाही जेलबाट भागेका यो दोस्रो पटक हो। उनी ६ वर्षअघि सुर्खेतको कारागारबाट भागेका थिए। उनीसहित तीन कैदी सुरुङ खनेर भागेका थिए। २८ असार २०६८ मा उनी भागेका थिए।तीन वर्षपछि जुम्लाबाट प्रहरीले पक्राउ गरेको थियो। पछिल्लो समय केन्द्रीय कारागारमा थिए। केन्द्रीय काराबारबाट पनि उनी नाटकीय शैलीमा भाग्न सफल भएका हुन्। एक किशोरीलाई बलत्कार गरेको अभियोगमा २०६५ सालमा उनी पक्राउ परेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com