चुनावमा पराजयको कारण संगठन सुदृढ नभएको राप्रपा(राष्ट्रवादी) को निष्कर्ष


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा भएको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

पार्टीको वैचारिक दृष्टिकोणलाई देशभर फैलाउन निर्देशन दिएको उक्त बैठकले देशका प्रत्येक वडामा भरपर्दो र बलियो संगठन नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको सो बैठकले जनताको सेवालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्न नयाँ गठन हुने जनवर्गीय संगठनलाई उपयोग गर्ने निर्णय गरेको छ ।

पार्टीले देशभरबाट करिब ४०० उम्मेदवार प्रतिनिधिसभा र प्रदेशसभामा उठाएको भए पनि कुनै सिट संख्या प्राप्त गर्न नसकेको उक्त दलले प्रतिनिधिसभाको समानुपातिकमा भने ०.३५ प्रतिशत मत प्राप्त गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com