कृषि र ऊर्जा क्षेत्रको आर्थिक विकासका लागि सहयोग गर्न तयार ः राणा
प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार
पुस ११, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कृषि, ऊर्जा एवं सम्भावित क्षेत्रको आर्थिक विकासमा सहयोग गर्न तयार रहेको बताएकी छन् ।
राजधानीमा कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड तथा फेसियल हाउसको १०औं वार्षिकोत्सवमा अध्यक्ष राणाले ऊर्जा र कृषि क्षेत्रको आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
महासंघकी अध्यक्ष भवानी राणासहित १५ जनालाई कर्पोरेट आइकन अवार्ड प्रदान गरिएको थियो ।
कर्पोरेट एक्सिलेन्सी अवार्ड भने साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठलाई प्रदान गरियो ।





