उद्घाटन भएको ४७ वर्ष बित्यो, अझै सञ्चालनमा आएन अस्पताल


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै रहेको अस्पताल भने आर्थिक अभावका कारण निर्माण थालेको पाँच दशक बित्दा पनि पूर्णता पाउन सकेको छैन ।

झण्डै ३३ कट्ठा क्षेत्रफलमा अवस्थित सो अस्पताल २०२७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । पञ्चायतको समयमा अस्पताल उद्घाटन भए पनि अहिले गणतन्त्र आइपुग्दासमेत अस्पताल पूर्णरुपमा निर्माण भई सञ्चालनमा आउन नसकेको हो । अस्पताल सञ्चालनमा आउनुको सट्टा हाल त्यहाँको भवनमा नगरपालिका र प्रहरी कार्यालय बसेका छन् ।

अस्पताल कहिले सञ्चालनमा आउला र स्वास्थ्योपचार पाइएला भन्ने आशा राखेका सर्वसाधारण अस्पतालभित्र नगरपालिका र प्रहरी कार्यालय बसेको देख्दा निराश छन् । स्थानीय विजय गुप्ताले ब्यङ्ग्य गर्दै भन्नुभयो, “अस्पतालमा नगरपालिका र प्रहरी कार्यालय त बिरामी भएर आएका हुन्, हामी त सामान्य मानिसले त अन्तै उपचार गराउन पर्ला ।” सरकारी स्वामित्वमा रहेको यो अस्पतालको संरक्षकमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र प्रहरी उपरीक्षक रहनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्माणाधीन अस्पतालको काम पूरा गर्न अहिलेसम्म दुई समिति बनिसकेका छन् ।अस्पताल निर्माणमा अहिलेसम्म करिब रु एक करोडभन्दा बढी खर्च भइसकेको र अझै ठूलो रकम आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष विजय कनोडियाले जानकारी दिनुभयो ।

बिगतमा अस्पताल सञ्चालन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा पनि नसुनेका कारण अहिले चुप लागेर बस्न बाध्य भएको उहाँले बताउनुभयो । करोडौँ रुपैयाँ बराबरको सम्पत्ति रहेको अस्पतालको संरक्षण गर्ने दायित्व सरकारको रहेको उहाँको भनाइ छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com