‘सरकारको नेतृत्व आलोपालो गर्ने सहमति’


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले भन्नुभयो “सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो ।” पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो ।

पाँच दलको आज बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “यस्तो छलफल आवश्यक छ, फेरि दुईपक्षीय छलफल गरेर समझदारी बनाउन प्रयास जारी राख्नुपर्दछ ।” राष्ट्रियसभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रुपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यस पटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको जिकिर गर्दै राष्ट्रियसभा समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रिय रुपमा विद्यमान रहेको बताउनुभयो । यसबारे वाम गठबन्धनभित्र के हुन सक्छ भनेर छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया प्रतिनिधिसभा र राष्ट्रियसभा अलग अलग विषय हुन् भन्दै उहाँले सरकार गठन गर्नका लागि यसले कुनै असर नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको निर्वाचन परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्छ ।”

एक प्रसंगमा उहाँले राष्ट्रियसभामा २२ जना महिला (३७.५प्रतिशत) आउने सुनिश्चित रहेको र प्रतिनिधिसभामा सबै पार्टीले आआफ्नातर्फबाट ३३ प्रतिशत पु¥याइदिने भएकाले सरकार गठन गर्न कुनै बाधा नहुने स्पष्ट गर्नुभयो ।

अर्को प्रसंगमा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन नेतालाई टेलिफोन गरेपछि आज बैठक बस्नुमा कुनै तालमेल नरहेको बताउँदै भन्नुभयो, “उहाँले मलाई बधाई दिँदै छिटो सरकार गठन होस् र भारत नेपाल सम्बन्ध आउँदा दिनमा अरु राम्रो हुनेछ भन्नुभयो ।”
RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com