किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराई (किसुनजी)ले देखाएको बाटो काँग्रेसले भुल्दै गएको बताउनुभएको छ ।

किसुनजी अध्ययन केन्द्रले स्व कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘किसुनजी र अबको काँग्रेस’ विषयक विचार गोष्ठीमा नेता सिंहले पार्टीलाई बलियो बनाएर किसुनजीले देखाएको बाटोमा हिँडे मात्र किसुनजीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । “काँग्रेसले किसुनजीको योगदानबाट पाठ सिक्नुपर्छ”– उहाँले भन्नुभयो ।

उहाँले स्व भट्टराईले नेपाली राजनीतिमा गरेको त्याग र संघर्षलाई आम जनतामाझ पु¥याउनु जरुरी रहेको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले किसुनजीको राजनीतिक जीवनबाट काँग्रेसले धेरै पाठ सिक्नुपर्ने बताउनुभयो ।

“किसुनजीको आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ”– उहाँले भन्नुभयो । उहाँले किसुनजी पार्टीभित्र सबैलाई मिलाएर लैजानसक्ने क्षमतावान् नेताका रुपमा रहेको स्मरण गर्दैै आफू हारेर पनि पार्टीलाई सधैँ बलियो बनाउने प्रयत्नमा लाग्ने नेता भट्टराई भएको चर्चा गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले किसुनजीको निष्ठा, त्याग र योगदानका बारेमा भावी पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले किसुनजीले नेपाली राजनीतिमा गरेका योगदानलाई भावी पुस्तासम्म पु¥याउन अध्ययन केन्द्रले महत्वपूर्ण काम गर्नुपर्ने सुझाव दिनुभयो ।

अध्ययन केन्द्रका अध्यक्ष अविनाश सिलवाल, काठमाडौँ क्षेत्र नं ४ (क) का नवनिर्वाचित प्रदेशसभा सांसद नरोत्तम वैद्य, नेविसंघ पूर्वमहामन्त्री प्रतिमा गौतम, नेविसंघ पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईंले काँग्रेसले नाता र दाताले प्रभावित गर्ने राजनीतिलाई छाडेर किसुनजीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो ।
RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com