ग्यास प्लान्टमा भीषण आगलगी, दुईको जलेर मृत्यु, ६ घाइते


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ ।आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेको छ ।

बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले राससलाई बताउनुभयो ।

यद्यपि पर्सा प्रहरीले मृत्युबारे पुष्टि भने गर्न नसकेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाँै पठाइएको छ । बिहान ६ बजेतिर प्लान्टमा ग्यास लिकिज भएर आगलागी हँुदा आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली गराइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म आगो नियन्त्रणबाहिर गएपछि आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र वीरगञ्जस्थित महावाणिज्य दूतावासले भारतको रक्सौलबाट मगाएको थप एक अर्को दमकल झिकाइए पनि भीषण आगलागीका कारण घटनास्थलसम्म दमकल जान सकेको छैन । भने ग्यास भण्डारण गरिएको आगो बलिरहेकाले आगो नियन्त्रणमा लिन नसिकएको बारुणयन्त्रका कर्मचारीले बताएका छन् ।

सो आगलागीमा अन्य कति व्यक्ति हताहत भएको र के कति सम्पत्ति जलेर नष्ट भएको सो खुल्न सकेको छैन ।

सो आगलागी नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी प्रयासरत रहेको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com