सरकार निर्माण र पार्टी एकताबारे ओली र प्रचण्ड संयुक्त पत्रकार सम्मेलन गर्दै


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

वाम गठबन्धनका मुख्य दुई पार्टीका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकताबारे गठबन्धनको धारणा सार्वजनिक गर्ने भएका छन्। आइतबार दिउँसो तीन बजे दुवै नेताले होटल अन्नपूर्णमा संयुक्त पत्रकार सम्मेलन गरेर विकसित परिस्थितिबारे गठबन्धनको धारणा स्पष्ट पार्न लागेका हुन्।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनलाई जनताले दिएको मतप्रति धन्यवाद दिने र सरकार गठनलगायत पार्टी एकताबारे धारणा सार्वजनिक गर्ने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ। त्यस्तै, राष्ट्रियसभा गठनबारे सरकारको नेतृत्व गरेको राजनीतिक दल नेपाली कांग्रेसले लिएको अडान र गठन प्रक्रियाबारे गठबन्धनको धारणा सार्वजनिक गर्ने पत्रकार सम्मेलनको विषय रहेको बताइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com