२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिकी अध्यागमन टिप्स

एसाइलम प्रतिनिधित्व गर्ने वकिललाई कति शुल्क तिर्ने ?

यदि तपाईले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने वकिललाई धेरै रकम तिर्नुभयो भने उसले तपाईको केसमा भन्दा धेरै समय रकम गन्नमा नै लगाउन सक्छ । त्यसैले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने वकिललाई कति रकम तिर्ने भन्ने सन्दर्भमा तपाई सजग हुन जरुरी छ ।

एउटा रिपोर्ट अनुशार युएससीआईएसमा फाइल गरिने एसाइलमको मुद्दाको प्रतिनिधित्वका लागि वकिलहरुले ९ सय डलरदेखि १० हजार डलरसम्म लिने गरेका छन् । अदालतमा गएको एसाइलम केसको सन्दर्भमा शुल्क अझ धेरै हुनेगर्छ । कतिपय सन्दर्भमा वकिलले लिने शुल्क घण्टाको दरले हुनेगर्छ भने कतिपयले एकमुष्ठ रकम लिएर काम गर्छन् ।

सामान्यतया तपाईले युएससीआईएसमा फाइल गरेको एसाइलम केसका लागि वकिललाई ३ हजार डलर तिर्नुभएको छ भने त्यो औषत र ठिक्क रकम हो । त्यस्तै अदालतमा रहेको एसाइलम केसका लागि तपाईले ४ हजार डलर तिर्नुभएको छ भने पनि त्यो औषत र ठिक्क रकम रहेको जनाइएको छ । किनभने औषतमा वकिलहरुले लिने शुल्क यही हो ।

तर धेरै रकम तिर्दैमा तपाईले राम्रो वकिल लिनुभएको छ भन्ने कुरामा विश्वस्त हुनसक्नुहुन्न । कतिपय वकिलहरु इमान्दार, मिहिनेती र चलाख हुन्छन् भने कतिपय अल्छी, अनुभवहिन र ठग हुन्छन् । एसाइलमको लागि धेरै रकम लिने वकिलहरु कतिपय सन्दर्भमा सहयोग गर्ने भन्दा बढी पैसा कमाउनेतिरमात्र धेरै ध्यान दिने हुन्छन् ।

राम्रो वकिलले तपाईको कथा सुनेर तपाईको केसको कमजोर र बलियो पक्षको मूल्यांकन गर्छ । राम्रो वकिलले तपाईलाई एसाइलमको प्रकृया, हुनसक्ने ढिलाई र सम्भावित परिणामबारे पनि सजग गराउँछ । त्यसैले कसैले मुद्दा जिताइदिने ग्यारेन्टी गर्छ भने त्यस्तो वकिल लिनुहुँदैन ।

शपतपत्र नै मुद्दाको मुटु हो । कानुनी रुपमा कुन कुरा उल्लेख गर्दा केस बलियो हुन्छ भन्ने आवेदकलाई थाहा नहुनसक्छ । यो अवस्थामा तपाईलाई सपथपत्र तयार पार्ने काममा वकिलले समय दिदैन भने त्यो वकिललाई राम्रो मान्न सकिन्न । राम्रो वकिलले तपाईलाई अन्तरवार्ताका लागि पनि तयार पार्छ । यदि तपाईले वकिललाई फोन गरेर सन्देश छाड्दा वकिलले कलब्याक गर्दैन भने त्यो वकिललाई राम्रो मान्न सकिन्न । राम्रो वकिलसँग त्यस्तो सुविधा हुन जरुरी छ ।

राम्रो वकिलले तपाईलाई आफ्नो मुद्दाबारे झुठो बोल्न वा झुठो विवरण बुझाउन उक्साउदैन । आवेदकले अमेरिकी सरकारसमक्ष झुठो बोल्दैछ भन्ने जानकारी दिंदादिदै पनि मुद्दा लिने वकिललाई राम्रो मान्न सकिन्न । त्यसो गर्ने वकिल खतरनाक र विश्वासहिन हुन्छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →