नेपाली युवाले अब खाडी मुलुकमा पसिना बगाउनु पर्दैन ः ओली


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

मंसिर २८, भक्तपुर –नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्था गर्न प्राथमिकताका साथ लाग्ने बताएका छन् ।

बिहीबार आफ्नै निवास बालकोटमा उहाँले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षको नेतृत्वमा आएको टोलीको ज्ञापन पत्र बुझ्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके खाडी मुलुकमा गएर युवाले पसिना बगाउनु नपर्ने बताएका हुन् ।

विभिन्न राजनीतिक परिवर्तनले जनतामा नयाँ–नयाँ आकांक्षा जन्माउने बताउँदै उनले यसपल्टको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएको बताए । यस पल्टको चुनावले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको बताए।

अध्यक्ष ओलीले ०४६ सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टिकरण बढेको चर्चा गर्दै उनले भने, ‘निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरु कांग्रेसको पालामा बेचिए, जसले गर्दा स्वेदशमा भएको रोजगारीसमेत गुमेर अहिले लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्पत्ती शुद्धिकरणका नाममा व्यावसायीहरुलाई आफ्नो पुँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा चिन्ता व्यक्त गर्दै बताउँदै उनले आफ्नै खाताबाट १० लाख रुपैंयाभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण बन्न नसकेको बताए ।

ओलीले भने, ‘सरकारको काम लगानी मैत्री वातावरण बनाएर व्यावसायीसँग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैर कानुनी रकम आजर्न गर्ने होइन ।’ उनले आगामी सरकार देश निर्माणका लागी निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे

अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताए । महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योती, प्रदिप कुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र भाष्करराज कर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ ।

सरकारसँग उद्योग, मजदुर, देशको आवश्यकता, उत्पादनजस्ता कुनै पनि क्षेत्रको यकिन तथ्यांक नभएकोले व्यावसायिक क्षेत्र अनुमानका भर सञ्चालन भइरहेको भन्दै उहाँले भने, ‘नाडी छामेका भरमा रोगको शंका गरेर शंकाकै भरमा औषधी खुवाइँदैछ, अब यस्तो हुँदैन, सबै क्षेत्रका खास समस्या पहिचान गरेर त्यसैअनुसार समाधान पनि खोजिनेछ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com