तेह्र जिल्ला रहेको ३ नं प्रदेशको राजधानी भक्तपुरलाई बनाउन माग


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएर प्रत्यक्षतर्फको मतगणना पनि सकिएपछि अहिले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने चर्चा चुलिएको छ । प्रदेश राजधानी कहाँ बनाउन उपयुक्त हुन्छ भन्नेबारेमा अध्ययन हुँदै गर्दा अधिकांश जिल्लाका नेता तथा जिल्लावासीले आफ्नो जिल्लालाई प्रदेश राजधानी बनाउन चाहिरहेका छन् । तेह्र जिल्ला रहेको प्रदेश ३ मा प्रतिनिधिसभामा ३३ सिट छ ।

सबैभन्दा ठूलो प्रादेशिक सांसद पनि यही प्रदेशमा छन् । प्रदेशसभामा ६६ तह रहेकामा वाम गठबन्धनले ५७ स्थान जितेका छन् । नेकपा एमालेले ४२ र नेकपा माओवादी केन्द्रले १५ तह जितेका हुन् । नेपाली काँग्रेसले ७ र नेमकिपा र नयाँ शक्तिले एक÷एक तह जितेका छन् । प्रदेश ३ मा ११० सदस्यीय संसद हुनेछ । समानुपातिकबाट ४४ सांसद चयन हुनेछन् ।

सरकार गठनका लागि ५६ सांसद चाहिन्छ । यतिखेर ३ नं प्रदेशको राजधानी भक्तपुरलाई बनाउन उपयुक्त हुने भन्दै यहाँका सांसददेखि दलका नेतासम्मले माग गरेका छन् । प्रदेशको राजधानी तोक्न आवश्यक तयारी, पूर्वाधार र पर्याप्त जमिनको उपलब्धता मात्र हैन तत्कालै प्रदेशसभाको बैठक बस्नदेखि प्रादेशिक मन्त्रालय एवं मन्त्री आवास राख्न समेत सहज हुने ठाउँको खोजी सरकारले गरिरहेको अवस्थामा ३ नं प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने ठहरमा यहाँका नेताहरु पुगेका छन् । प्रदेश राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार भक्तपुरमा प्रशस्त छन् ।

के–के छन् पूर्वाधार प्रदेशसभाको बैठकको राख्न मध्यपुरथिमिको बोडेमा रहेको कृषि विकास बैंकको तालीम हलको प्रयोग गर्न सकिन्छ । यहाँ दुई वटा सुविधा सम्पन्न हल रहेका छन् भने आवासीय सुविधासमेत छ । त्यसैगरी, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रका आवासीय कैयाँै भवन वर्षांैदेखि खाली र प्रयोगविहीन अवस्थामा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँको हल र भवनलाई प्रदेशसभाको बैठक बस्नदेखि मन्त्रालय बनाउन र मन्त्री आवासका रुपमा प्रयोग ल्याउन सकिन्छ । सानोठिमीमा रहेको शिक्षा मन्त्रालयको कैयौँ सुविधा सम्पन्न भवन रिक्त हँुदैछन् । संघीय संरचनाअनुसार स्थानीय निकायमा शिक्षाका शाखा बस्ने भएपछि यहाँका भवन रिक्त हँुदैछन् । यसलाई प्रयोगमा ल्याउन सकिने कतिपयको भनाइ छ । यहाँ रहेको शिक्षा विभागको अत्याधुनिक भवनमा बैठक हल, सभाकक्ष र अन्य थुप्रै कक्ष रहेकाले एउटै भवनमा आवश्यक पर्दा तीन वटासम्म मन्त्रालय राख्न सकिने गरी पूर्वाधार छ यहाँ रहेको शैक्षिक जनशक्ति विकास केन्द्रको ब्लक (क) र (ख) मा रहेका भवन एवं कर्मचारीको आवासलाई उपयोगमा ल्याउन सकिने संभावना छ ।

परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोग, दूर शिक्षाको कार्यालयको भवन, अनौपचारिक शिक्षा केन्द्रलगायतका १५ भन्दा बढी सुविधा सम्पन्न भवन, क्वार्टरका साथै थप भवन बनाउन आवश्यक प्रशस्त जग्गा यहाँ रहेको छ ।

सानोठिमीको शिक्षा मन्त्रालयअन्तर्गतका कार्यालयको भवनलाई सातवटै मन्त्रालय र मन्त्री क्वार्टरसमेत बनाउन सकिने पूर्वाधार यहाँ रहेका छन् । यहाँका सबै भवनमा पर्याप्त पार्किङ, चमेना गृह र पर्खाल भएकाले सुरक्षाका दृष्टिकोणले समेत यो उपयुक्त हुने देखिन्छ । भक्तपुरलाई प्रदेशको राजधानी बनाउँदा यहाँ आवश्यक थप पूर्वाधारका लागि प्रशस्त सरकारी जग्गा रहेका छन् ।

भक्तपुरको जगातीमा रहेको इँटा टायल कारखाना रहेको करिब २७० रोपनी जग्गा, सल्लाघारीमा नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी जग्गा, गठ्ठाघरमा रहेको हवाई विभागको करिब ३०० रोपनी जग्गा, नीलबाराहीमा रहेको सयौँ रोपनी जग्गालाई आवश्यकतानुसार उपयोगमा ल्याउन सकिन्छ ।

भक्तपुर पूर्व–पश्चिम जाने नाकाका रुपमा समेत प्रयोग हुँदै आएकाले सबै जिल्लाका नागरिकका लागि भक्तपुर उपयुक्त हुने आम नागरिकको धारणा छ । भर्खरै नवनिर्वाचित सांसद एवं एमालेका युवा नेता महेश बस्नेतले भक्तपुरलाई ३ नं प्रदेशको राजधानी बनाउन लागिपर्नुभएको छ ।

आफूले यो प्रस्ताव मुख्य सचिव, शहरी विकास मन्त्रालयका सचिव, क्षेत्रीय प्रशासकदेखि अन्य तहमा राखिसकेको उहाँले बताउनुभयो । यता, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पनि भक्तपुरलाई ३ नं प्रदेशको राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई एक ज्ञापनपत्र दिनुभएको छ ।
रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com