सीके राउतको घर भएको मतदान केन्द्रमा कोही आएनन्
प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार
मंसिर २१, २०७४-सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयमा बिहान ९ बजेसम्म कोही पनि मतदाता तथा राजनीतिक दलका प्रतिनिधि पुगेका छैनन् ।
बिहानैदेखि मतदान सम्पन्न गराउन मतदान अधिकृतसहितको कर्मचारीहरु खटिएको भएपनि कोही मत हाल्न नआाएपछि मतदान सुरु हुन सकेको छैन । उक्त मतदान केन्द्र मधेसमा पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सीके राउतको घर भएको क्षेत्रमा पर्दछ ।
सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयको मतदान केन्द्र, जहाँ नत मतदाता छन्, नत दलका प्रतिनिधि । तस्बिर: कान्तिपुर ।
‘कोही पनि नआएकाले मतदान सुरु हुन सकेको छैन’ प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे कान्तिपुरसंग भने । उक्त मतदान केन्द्रमा ९६० मतदाता छन् ।