‘लोकमानलाई एमालेले उचालेको रहेछ, मैले कुरा गरें’


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले एमालेको उक्साहटमा लोकमानले लडाकु शिविरमा भएको भनिएको अनियमितताको फाइल अघि बढाएको बताए । अख्तियारले लडाकु शिविरमा भएको भनिएको अनियमितताको फाइल अघि बढाएपछि अहिले माओवादी नेताहरुमा एक किसिमको त्रास व्याप्त छ । यो फाइल अघि बढ्यो भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसहित पार्टीका प्रभावशाली नेताहरु तानिने सम्भावना रहेको  छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकमा प्रचण्डले उनीहरुलाई आश्वस्त पार्ने प्रयास गरे । प्रचण्डले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग आफूले कुराकानी गरिसकेको भन्दै नेताहरुलाई आश्वस्त पार्न यास गरे ।

‘लोकमानसँग मेरो कुरा भइसकेको छ । उनले गल्ति महसुस गर्दै छानबिन प्रक्रिया अघि नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन्’, प्रचण्डले बैठकमा भनेको कुरा उद्धृत गर्दै ती नेताले बताए । प्रचण्डले ‘एमालेको उक्साहटमा लोकमानले प्रक्रिया अघि बढाएका रहेछन्,’ भन्ने निष्कर्ष बैठकमा सुनाएका थिए । बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता भुसालले लडाकु शिविरमा भएको अनियमितताको सम्बन्धमा अख्तियारले थालेको अनुसन्धानबारे बैठकमा कुनै छलफल नभएको जीकिर गरिन् ।

भारत फेरिएछ

प्रचण्डले बैठकमा आफ्नो भारत भ्रमण निकै उपलब्धिमूलक भएको मात्रै बताएनन्, भारत पहिलेभन्दा निकै फेरिएको अनुभूति सुनाए । ‘मेरो भ्रमण निकै उपलब्धिमूलक भयो । भारत पहिलेभन्दा निकै फेरिएछ,’ प्रचण्डले प्रसन्न मुद्रामा बैठकमा ब्रिफिङ गरेको एक नेताले बताए । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अब नेपालको नेता भनेको तपाइँ नै हो,’ भनेर आफ्नो प्रशंसा गरेको जानकारी पनि बैठकमा दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com