३ बालिकामाथि यौन दुराचारको अभियोगमा अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा (भिडियो)


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

१४ बर्ष मुनीका तीनजना बालिकामाथि यौन दुराचार गरेको अभियोगमा अमेरिकाको ओरेगन निवासी ५१ बर्षीय तेक्वान्दो प्रशिक्षक सुद्धोधनमान रञ्जित जेल परेका छन् । उनको अदालती सुनुवाई आगामी डिसेम्बर ४ मा हुने भएको छ । उनलाई साढे ७ लाख अमेरिकी डलर धरौटी तोकेर वासिंटनको काउन्टी जेलमा राखिएको छ ।

ओरेगनको बेभर्टन स्थीत साउथर्न पार्क वेमा युएस वल्र्ड क्लास तेक्वान्दो संचालन गर्दै आएका रञ्जितमाथि १५ वटा फरक फरक यौन दुब्र्यबहारको अभियोग लगाइएको छ । जसमध्ये १२ पहिलो डिग्री र ३ दोश्रो डिग्री अभियोग रहेका छन् । ओरेगनको कानुन अनुशार १४ बर्षभन्दा कम उमेरकासँग यौन दुब्र्यबहार गरेमा पहिलो डिग्री अपराध मानिन्छ भने यसको काउन्ट ११ हुने गर्छ । यदि दोषी प्रमाणित भएमा हरेक अपराधको कम्तीमा ६ बर्षको दरले जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुद्धोधन रञ्जित २५ बर्षको अनुभव सहितका तेक्वान्दो प्रशिक्षक हुन् । छैठौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् । उनको यौन दुब्र्यबहारमा परेकाहरु अरुसमेत हुनसक्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । रञ्जितले तेक्वान्दो सिकाउने युएस वल्र्ड क्लास तेक्वान्दो पार्क वे स्टुडियोमा नै यौन दुब्र्यबहार गरेको अभियोग लगाइएको छ । सन् २०१२ जनवरीदेखि सन् २०१५ को फरबरीसम्म तीनजनामाथि यौन दुब्र्यबहार गरेको र उनीहरु सबैजना माइनरहरु रहेको तथा त्यमध्ये २ जना १४ बर्ष भन्दा पनि कम उमेरका रहेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com