नाशाको गरिमा बढाउन एकजुट बनौंः अध्यक्ष माधव ढकाल


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

 

दक्षिणपुर्वी अमेरिकाका नेपालीहरुको छाता संगठन नेपलीज् एसोसीएसन इन साउथ इष्ट अमेरिका (नाशा) का अध्यक्ष माधव ढकालले संस्थाको बृहत्तर हितका लागी सम्पुर्ण सदस्यहरुलाइ एकजुट हुन आग्रह गर्नुभएको छ ।
आज एक प्रेस विज्ञप्ति जारि गर्दै ढकालले हालैका दिनहरुमा संस्थाको बारेमा देखिएको अन्योल र विमतिहरुको सहि समाधान भएको भन्दै संस्थाको उदेश्य पुर्तीको लागी एकजुट हुन आग्रह गर्नुभएको हो । नाशा अन्माको हालै सम्पन्न १३ औं सम्मेलनको दौरान कार्यसमितिका उपाध्यक्ष सुशिल नेपालको गलन हर्कतका कारण नासाले भोग्नुपरेको बदनामीका कारण निश्काशन गर्नु परेको पनि ढकालले उल्लेख गर्नुभएको छ । संस्थाको लामो इतिहास, गौरव र गरिमालाइ ध्वस्त पार्ने गरि गरिएको सो बदनामीबाट आगामी दिनमा संस्थालाइ अछुतो राख्न कार्यसमितिले यस्तो निर्णय लिएको हो ।
संस्थाका केहि पुर्वअध्यक्षहरुले आरोपित सुशिल नेपाललाइ निश्कासन नगर्न पटक पटक आग्रह गरेको भएता पनि कार्यसमितिका बहुमत सदस्यको निर्णयद्धारा निश्काशन गर्ने निर्णय गरि सकिएकोले अब थप विवाद बढाएर संस्थालाइ कमजोर नपार्न पनि अध्यक्ष ढकालले आग्रह गर्नुभएको छ । पुर्वअध्यक्षहरु विमल नेपाल र प्रकाश मल्ललाइ सम्बोधन गर्दै विज्ञप्तिमा भनिएको छ “विगतको अन्यौलतालाइ विर्सर नाशाको गरिमा उचौँ बनाउन एकजुट भएर लागौँ ।”
नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष नेपाल १३ औं सम्मेलनको दौरान एक महिलालाइ दुव्र्यवहार गरेको भेटिए पछि नाशाको कार्यसमितिको बैठकले उनलाइ पदमुक्त गरेको थियो । निश्काशन गर्नुपुर्व सुशिल नेपाललाइ ४ पटक स्पस्टिकरणको मौका दिइएको थियो ।
नाशाको पद हस्तान्तरण तथा नयाँ कार्यसमितिको बैठक केहि समय अघि एटलान्टामा सम्पन्न भएको थियो । अब रिक्त उपाध्यक्ष पदमा सबै अग्रजको सुझावको आधारमा कार्यसमितिले नयाँ नियुक्ति गर्नेछ ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com