अमेरिकी राष्ट्रपति बराक ओबामा मंगलबार तीनघण्टाका लागि न्युयोर्कमा आए । डेमोक्रेटिक कंग्रेशनल क्याम्पेन कमिटिको कार्यक्रममा भाग लिन न्युयोर्क आएका ओबामा चढेको एयर फोर्स वान विमान साँझ सबा पाँच बजे न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा अवतरण गरेको थियो । केहीबेर विमानस्थलमा स्वागार्थ उपस्थीतसँग हातमिलाउँदै कुराकानी गरेपछि ओबामा सिधै म्यानहटनमा आयोजित फण्डरेजर कार्यक्रममा गएका थिए । फण्डरेजर कार्यक्रममा ओबामासँग तस्विर लिने व्यवस्था पनि मिलाइएको थियो तर त्यसका लागि १६ हजार ७ सय अमेरिकी डलरबाट सुरु डोनेशन गर्नुपर्ने व्यवस्था रहेको थियो । फण्डरेजर कार्यक्रममा ओबामा झण्डै १८ मिनेट बोलेका थिए । कार्यक्रमपछि ओबामा जोन अफ केनेडी विमानस्थलबाटै फिर्ता भएका थिए । ओबामाको न्युयोर्क भ्रमणका क्रममा खसोखासका प्रधानसम्पादक किशोर पन्थीले जोन अफ केनेडी विमास्थलमा खिचेका केही तस्विरहरु ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।