‘विश्वमा भारतको बढ्दो भूमिकालाई सहयोग गर्ने प्रचण्डको बचन’


प्रकाशित मिति : भाद्र ३१, २०७३ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिबृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुबै मुलुकले लाभ लिनुपर्ने बताएका छन् । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनकाक्रममा दुबै मुलुकको दिगो आर्थिक विकासका लागि आपसी साझेदारी आवश्यक रहेकामा जोड दिए ।

दाहालले आफू नेतृत्वको सरकार छिमेकीसँग सम्बन्ध सुदृढ राख्न वचनबद्ध रहेको जनाएका छन्। उनले सरकार बन्नेबित्तिकै विशेष दूत पठाएको स्मरण गर्दै आर्थिक समृद्धिबिना देशको राजनीतिक परिवर्तन दिगो नहुने पनि बताए। भारतीय समकक्षी नरेन्द्र मोदीसँगको ‘वन टु वन’ वार्ता र प्रमण्डलीय छलफलपछि हैदरावाद हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक तहमा नेपाल र भारतको दृष्टिकोण एउटै रहेको जनाए।

नेपाल र भारतको सम्बन्धलाई सहज र सुदृढ राख्नका लागि दुवै देशले एकअर्काको संवेदनशीलतालाई ख्याल राख्नुपर्ने भनाइ प्रधानमन्त्री प्रचण्डको थियो। ‘ नेपाल र भारतको सम्बन्ध ऐतिहासिक सम्झौताहरु र समान सँस्कृतिको ठोस जगमा निर्मित छ’ प्रधानमन्त्री प्रचण्डले भने ‘दुई देशको सम्बन्धलाई एक्काइसौँ शताब्दीको बदलिएको परिस्थितिको सन्दर्भमा हेरिनुपर्ने हुन्छ।’ भारतमा मोदीको बलियो नेतृत्वबाट आफू प्रेरित भएको जनाउँदै उनले भारतले अर्थ, सञ्चार, विज्ञान तथा प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धीको प्रशंसा गरे।

प्रचण्डले मोदीसँगको छलफल वृद्धि, व्यापार र कनेक्टिभिटीको विषयमा केन्द्रित रहेको जनाउँदै सहमति भएका परियोजनाहरु समयभित्रै पूरा हुनुपर्ने कुरामा जोड दिए। ‘भारतबाट प्राप्त सहयोग, भौतिक संरचना, स्वास्थ्य, शिक्षा र ग्रामीण विकासमा खर्च गरेका छौं’ उनले भने ‘चलिरहेका परियोजनाहरुमा दुवै देशले संयुक्त रुपमा मोनिटर गर्ने विषमा पनि मैले भारतका सम्माननिय प्रधानमन्त्री मोदीसँग छलफल गरेँ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार वटा एकीकृत चेकपोस्ट, पाँच सीमापार रेलवे र हुलाकी मार्ग तथा उर्जाको क्षेत्रमा सहमती भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले विकासका परियोजनालाई सधैं प्राथमिकतामा राख्ने वचनबद्धता प्रकट गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com