अमेरिकी मध्यावधि निर्वाचन: कोलोराडो र जर्जियामा ऐतिहासिक जित, हाउसमा डेमोक्र्याटहरूको अग्रता बलियो


प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार

Photo: Louis Velazquez/ Unsplash

अमेरिकामा हालै सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक र मुख्य नतिजाहरू सार्वजनिक भएका छन्। कोलोराडोको पहिलो जिल्लाबाट डेमोक्र्याटीक समाजवादी मेलट किरोस विजयी हुँदै कांग्रेसमा प्रतिनिधित्व गर्ने पहिलो अश्वेत महिला बनेकी छिन्।

त्यस्तै, जर्जियाको गभर्नर पदमा डेमोक्र्याट किइशा लान्स बोटम्स विजयी भएकी छिन् र उनी राज्यको पहिलो अश्वेत महिला गभर्नर बनेकी छिन्। फ्लोरिडामा भने रिपब्लिकन उम्मेदवार बायरन डोनाल्ड्स विजयी हुँदै राज्यको पहिलो अश्वेत नेता तथा गभर्नर बन्न सफल भएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार डेमोक्र्याटहरू हाउस अफ रिप्रेजेन्टेटिभ्समा कम्तीमा २३० सिट जित्ने दिशामा अग्रसर छन्। न्युयोर्कबाट हाउसका डेमोक्रेटिक नेता हाकिम जेफ्रीज  पनि पुनर्चयन भएका छन्।

टेक्सासका रिपब्लिकनहरूले प्रारम्भिक नतिजाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। विशेष गरी गभर्नर ग्रेग एबोटले आफ्नो पुनर्निर्वाचन अभियान गुमाउन सक्ने सम्भावनाले उनीहरूमा हलचल मच्चिएको छ।

ह्वाइट हाउसद्वारा जारी गरिएको तालिकाअनुसार राष्ट्रपति ट्रम्पले बुधबार कुनै पनि सार्वजनिक कार्यक्रम राखेका छैनन्। उनले आफ्नो समय कार्यकारी भेटघाट र नीतिगत छलफलमा बिताउनेछन्।चुनावमा आफ्ना दलले पराजय भोगेपछि पूर्वराष्ट्रपतिहरूले पत्रकार सम्मेलन गर्ने परम्परा रहे पनि ट्रम्पले भने यसपटक ‘कार्यकारी समय’ र बन्द कोठाभित्र नीतिगत बैठकहरू मात्र गर्नेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com