ओबामाकेयरको प्रिमियम वृद्धि: महँगी र अनुदान कटौतीका कारण लाखौँ अमेरिकीहरू स्वास्थ्य बिमाविहीन


प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार

Photo: Marek Studzinski/ Unsplash

अमेरिकामा ओबामाकेयर अन्तर्गतको बढी प्रिमियम अनुदानको समयावधि समाप्त भएसँगै स्वास्थ्य बिमाको किस्ता शुल्क अत्यधिक बढेपछि लाखौँ अमेरिकीहरू बिमा सुविधा छाड्न बाध्य भएका छन्।

छालारोग, लुपस र बाथ रोग जस्ता गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी फ्लोरिडाकी ४९ वर्षीया होली हेन्ड्रिक्सले मासिक प्रिमियम बढेर झन्डै १,१०० अमेरिकी डलर पुगेपछि गत अप्रिलमा बिमा रद्द गर्नुपेर्‍यो। बिमा गुमाएकै कारण आवश्यक उपचार नपाउँदा उनी गम्भीर सङ्क्रमणको शिकार भई एक महिना अस्पताल भर्ना हुनुपर्‍यो, जसले गर्दा उनलाई ५ लाख डलरभन्दा बढीको ऋणको बोझ थपिएको छ।

बिमा नगरी बस्नु मेरो स्वास्थ्यका लागि भयानक हो, तर जब तपाईंले भाडा, बिजुली, खाना र बिमामध्ये एउटा रोज्नुपर्छ, तब आधारभूत आवश्यकतालाई नै प्राथमिकता दिनुपर्ने हुन्छ, हेन्ड्रिक्सले भनिन्।

सङ्घीय तथ्याङ्क अनुसार, प्रिमियम बढेपछि वर्षको सुरुमा नै लाखौँ मानिसहरूले बजार छाडेका थिए। गत वर्षको तुलनामा यो वर्ष ओबामाकेयरमा दर्ता हुनेहरूको सङ्ख्या २६ लाखले घटेर १ करोड ९२ लाखमा सीमित भएको छ।

केएफएफको अध्ययन अनुसार, रिपब्लिकन सांसदहरूको बाहुल्य रहेका संसदीय क्षेत्रहरूमा बिमा छाड्नेको सङ्ख्या अझ बढी (६७%) छ, जहाँ न्यून आय भएका नागरिकहरूको सङ्ख्या धेरै छ।

यस वर्षको मध्यकालीन निर्वाचनमा पनि स्वास्थ्य बिमा र यसको खर्च प्रमुख मुद्दा बनेको छ। डेमोक्र्याटिक उम्मेदवारहरूले रिपब्लिकनहरूका कारण अनुदान म्याद सकिएको र ‘वन बिग ब्युटिफुल बिल एक्ट’ मार्फत मेडिकेडको बजेट घटाइएको आरोप लगाएका छन्।

भविष्यमा पनि स्थिति सहज हुने देखिँदैन। सन् २०२७ का लागि ओबामाकेयरका ‘सिल्भर-टायर’ प्लानहरूको प्रिमियम औसतमा १३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। यद्यपि धेरैजसो नागरिकले अझै पनि सामान्य सङ्घीय अनुदान पाउने भएकाले उनीहरूलाई केही राहत हुनेछ।

अर्कोतर्फ, केही ठूला बिमा कम्पनीहरूले विभिन्न राज्यहरूबाट आफ्नो सेवा फिर्ता लिएका छन्, जसका कारण करिब १,२०० काउन्टीहरूमा विकल्पहरू सीमित भएका छन्। साथै, ट्रम्प प्रशासनले जालसाजी नियन्त्रण गर्ने बहानामा बिमा ब्रोकरहरूमाथि प्रतिबन्ध लगाएको र सहयोगीहरूको बजेटमा ९० प्रतिशतले कटौती गरेकाले नयाँ बिमा लिन चाहनेहरूका लागि प्रक्रिया अझ जटिल बनेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिमा महँगो भए पनि धेरै नागरिकहरू आगामी नयाँ दर्ताको पर्खाइमा छन्। टेक्सासकी जुली के रोबर्ट्स जस्ता नागरिकहरू भन्छन्, म कुनै न कुनै बिमा विकल्प खोज्ने नै छु, किनकि बिमाविहीन भएर जोखिममा बस्न म चाहन्नँ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com