पानी पर्यो सरर, भिज्यो न्ययोर्क शहर……


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

  • – भुपेन्द्र थापा

उसो त न्यूयोर्कमा वस्ने नेपालीलाई अमेरिकाको अन्यत्र वस्नेलाई झै त्यति धेरै नेपाल मिस हुदैन । कहिलेकही त नेपाल या काठमाडौंमै भएको भ्रम पनि हुने गर्छ । यहाँको नेपालीको उलेख्य संख्या । जताततै नेपाली होटल, खाना लगायतका कुराहरुले खासै नेपाल मिस गर्ने मौकै पाउदैनन । अझ त्यसमा पनि वेलावखतमा हुने कन्सर्ट अनि अन्य विभिन्न कार्यक्रमहरुले त झनै नेपालमै भएको आभास पनि गर्ने गरेका छन् ।

नेपालमा झै बाक्लै कन्सर्ट नभएतापनि वेलावखत हुने यस्ता कन्सर्टहरुमा नेपालीको उलेख्य सहभागिता रहने गरेको पाइन्छ । पछिल्लो समयमा लोक भाकालाई पाश्चात्य शैलीमा मिसाएर खासगरी अकस्टिक गीत गाएर छोटो समयमा चर्चित नेपालीभाषी गायक विपुल क्षत्रीको कन्सर्ट हेर्न झुम्मिएको भिडले नेपालली युवायुवती कन्सर्टका लागी कतिसम्म खरिएका रहेछन भन्ने प्रमाणित ग¥थ्यो ।

छोटो समय र फरक विधामा उदाएका क्षत्रीको कतिपयले भने नामै पनि सुनेका थिएनन । तर युवाविचमा कतिसम्म लोकप्रिय र न्यूयोर्कर नेपाली युवायुवती कन्सर्ट जान कति लालायित रैछन भन्ने गत शनिवार उनको कन्सर्ट हेर्न झुम्मिएको भिडले वताउथ्यो । १३ सय ५० जनाको क्षमता भएको क्वीनस् अस्टोरिया स्थित मेलरोस वालरुममा भएको कन्सर्टको टिकेट सोल्ड आउट भएको थियो ।

कन्सर्ट हलका एकजना सेक्युरिटी हल फुल भएकाले क्यापसिटि भन्दा बढी मान्छे छिराउन नमिल्ने भएको र बढी टिकेट वेचिएका कारण थप दर्शक र आयोजकको स्पेशल पास लिएर आउनेहरुलाई पनि भित्र छिर्न दिन नसकेको गुनासो गर्दै थिए –‘इटस अमेजिङ, दे लभ इच अदर, नोवडी इज लिभिङ द हल सिन्स थ्रि आवरस । आइ हेभ नेभर सिन लाइक दिस’। भित्र पसेका दर्शक टसमस नभइ भित्रै रमाइरहेको देखेर छक्क देखिन्थे सेक्युरिटी मेम्वर । क्षत्रीको पर्फमेन्स सकेपछीमात्रै मानिसहरु बाहिरिएका थिए र बाकी दर्शकहरु भित्र छिर्न पाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कन्सर्टमा गाएक क्षत्रीले आफनो चर्चित एल्बम सिण्डकेट र स्केच अफ दार्जिलिङबाट करिव दर्जन गीत प्रस्तुत गरे । जसै उनले केही गीत गाइसकेपछी

‘पानी पर्योसरर् भिज्यो न्यूयोर्क शहर,
मनमा उठ्यो आज मेरो आनन्दको रहर…..

गाउँदै गर्दा हलभित्रका दर्शक पानी त हैन संगीतको तालमा उफ्रिएर पसिनाले निथ्रुकिसकेका थिए । अनि संगसगै आनन्दित पनि ।
त्यससंगै क्षत्रीले उनको चर्चित सिण्डिकेट एल्बमको ‘तिमि जाने सिलिगुरी म जाने सिक्किमतिर….’, ‘रामसाइली….’, ‘डढेलो…..’, ‘खोला बग्यो सल्ल फर्कि नआउने यो पल….’, ‘जाँदैछु म कतारतिर….’ लगायतका गीत प्रस्तुत गरेका थिए । दर्शकहरुबाट बारबार ‘सिण्डिकेट, सिण्डकेट’ हुटिङ भएपछि आफ्नो सवै प्रस्तुति सकेपछी विपुलले पुनः सो गीत दर्शकहरुलाई दोहो¥याएर सुनाएका थिए । लगभग रातको १२ वजेतिर क्षत्रीको प्रस्तुति सकिएपछी १५ मिनेट ब्रेक र त्यसपश्चात भने डिजेले हल तताएका थिए । ब्रेकमा केही खुकुलो देखिएको कन्सर्ट स्थल डिजे म्युजिक चालुभए पछि पुन खचाखच भएको थियो । तत्पश्चात पनि विहान चार वजेसम्म नेपाली युवायुवतीले खुलेर मनोरञ्जन लिए ।

तीनजना युवाको इनिसिएलको रुपमा पिएनसी नाम दिइएको संस्थाले आयोजना गरेको कन्सर्टमा नेपालका केही चर्चित सेलिव्रेटीको समेत उपस्थिति थियो । कार्यक्रममा विश्व चर्चित फेसन डिजाइनर प्रवल गुरुङ, मोडल बर्षा थापा, नायिका प्रियंका कार्की, सिएनएनकी पुर्व समाचारवाचिका किरण क्षत्री लगायतले पनि कन्सर्टको मज्जा लिएका थिए । कार्यक्रमबाट उठेर बचेको कुल रकमको २० प्रतिशत, प्रवल गुरुङको संस्था शिक्षा फाउण्डेशनलाई दिने भनिए बमोजिम आठ हजार डलर दिइने आयोजक मध्येका पासाङले खसोखासलाई जानकारी दिए ।

अनलाइनमार्फत ३५ र गेटमा चालिस डलर तोकिएको टिकेट अनलाइनमा पुरै सोल्ड आउट भएर घटाउनु परेको आयोजकले बताए । १५ सय ३० जनाको क्षमता भएपनि १७ सय ५० वटा टिकेट विक्रि भएको थियो । सातबजेबाट इन्ट्रान्स शुरु भएकोमा रातको बा¥ह्रबजेसम्म पनि छिर्नेको लर्को बाहिर उभिरहेको देखिन्थ्यो ।

13731730_10153607296840776_8261210041199964084_n

फोटो – प्रदीप परियार थापा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com