न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर नजिकै आक्रमण, के भएको थियो ? के हुँदैछ ?


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

आज दिउसो न्युयोर्कको म्यानहटनमा वल्र्ड ट्रेड सेन्टर नजिकै आक्रमणकारीले सर्वसाधारणमाथि गाडी जोताउँदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने कम्तीमा ११ जना घाइते भएका छन् । घटना म्यानहटनको वेष्ट स्ट्रीट र च्याम्बर स्ट्रीटको नजिक भएको हो । त्यसपछि आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् ।

आक्रमणकारीले गलत दिशातिर साइकलको लेनमा केही ब्लकसम्म गाडी जोताउदै लगेको थियो । घटनापछि न्युयोर्कमा नै कार्यक्रमको शिलशिलामा रहेकी राष्ट्रपति पत्नी मेलानिया ट्रम्पले ट्वीट गर्दै घटनाबाट आफ्नो हृदय विक्षिप्त भएको जनाएकी छिन् ।

होम डिपोले आक्रमणमा आफ्नो रेन्टल गाडीको प्रयोग भएको पुष्टी गरेको छ । होम डिपोका प्रवक्ता म्याट हेरिगनले अनुसन्धानका लागि आफूहरुले सहयोग गरिरहेको जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि घटनाबारे जानकारी दिइएको छ । चिफ अफ स्टाफ जोन केलीले घटनाबारे जानकारी दिएका हुन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com