अमेरिकामा ग्रिन कार्डको अन्तर्वार्ता दिन गएका दम्पति मध्ये श्रीमान पक्राउ


प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

अमेरिकामा ग्रिन कार्डको अन्तर्वार्ता दिने क्रममा युएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले एकजनालाई पक्राउ गरेको छ। लस एन्जलसको डाउनटाउनमा ग्रिन कार्डको अन्तर्वार्ताका क्रममा ३९ वर्षीय श्रीमानलाई आइस ले नियन्त्रणमा लिएको उनकी श्रीमतीले बताएकी छिन्।

आइस का अधिकारीहरूले श्रीमान् तेहा ह्वाङलाई पक्राउ गरेको उनकी श्रीमती जेलेना डायाजले बताइन्। श्रीमानलाई आइस का अधिकारीहरूले पक्राउ गरेर लगेपछि आफू आत्तिएको अवस्थामा रहेको उनले बताइन्। श्रीमान्सँग भेट्न र कुराकानी गर्न अधिकारीहरूले नदिएको उनको दाबी रहेको छ।

ह्वाङ तीन महिनाको उमेरमा अमेरिका आएका थिए। उनको कुनै पनि आपराधिक रेकर्ड छैन। उनी र उनकी श्रीमतीले विवाह गरे र सबै नियम पालना गर्दै अन्तर्वार्ताका लागि गएकै दिन यस्तो घटना भएको हो।

कानुनी विशेषज्ञहरूका अनुसार अन्तर्वार्ताका लागि गएका धेरै मानिसहरू अहिले नियन्त्रणमा परिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“धेरै मानिसहरू अहिले अन्तर्वार्ता दिन डराउँछन्। उनीहरू जान चाहँदैनन्। आइस को नियन्त्रणमा परे के गर्ने भनेर उनीहरू योजना बनाइरहेको अवस्थामा रहेको” आप्रवासन वकिलहरूको भनाइ रहेको छ।

ती जोडीले ग्रिन कार्डका लागि आफ्नै बचत रकम खर्च गरेका थिए। अहिले वकिलहरूलाई शुल्क तिर्न उनीहरूलाई कठिन भइरहेको छ। उनको अर्को अदालत सुनुवाइ मार्च २०२६ मा तोकिएको छ।

यसअघि आफ्नो ६ महिनाको बच्चासहित ग्रिन कार्डको अन्तर्वार्ता दिन उपस्थित बेलायती नागरिक केटी पाउललाई सान डिएगोस्थित अमेरिकी नागरिकता तथा अध्यागमन सेवा कार्यालयमा आइस का अधिकारीहरूले पक्राउ गरेका थिए।

छ महिनाको बच्चा बोकेर उनी अन्तर्वार्ता दिन उपस्थित भएकी थिइन्। बच्चा च्यापेर अन्तर्वार्ता दिन पुगेका बेला आइस ले उनलाई पक्राउ गरेको हो।

उनका पति पाउल समेत ग्रिन कार्ड अन्तर्वार्ताका लागि कार्यालयमा पुगेका थिए। उनी ग्रिन कार्ड स्वीकृतिको अन्तिम चरणमा थिए। तर आइस अधिकारीहरू भित्र आए र ६ महिनाको छोरा काखमा लिएकी उनलाई पक्राउ गरे, पाउलले भनेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com