आन्तरिक भ्रमणमा निस्किने तयारीमा ट्रम्प, अमेरिकीहरूले भोगिरहेको महँगीको दबाब कम गर्ने संकल्प


प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आर्थिक एजेन्डा प्रचार गर्ने उद्देश्यले यो वर्षको अन्त्यअघि नै देशभित्र व्यापक भ्रमण सुरु गर्ने तयारी गरेका छन्। जीवनयापन खर्च घटाउने र अमेरिकीहरूले भोगिरहेको महँगीको दबाब कम गर्ने संकल्पसहित ट्रम्पले आगामी दिन तथा हप्ताहरूमा स्वास्थ्य खर्चसम्बन्धी नयाँ घोषणाहरू पनि गर्न सक्ने एक उच्च ह्वाइट हाउस अधिकारीले जानकारी दिएका छन्।

सन् २०२६ को सुरुआतसँगै ट्रम्पले अझै तीव्र घरेलु भ्रमण गर्ने अपेक्षा गरिएको छ । महँगी र मूल्यवृद्धिले अमेरिकनहरूलाई निराश बनाएको छ भने पछिल्ला महिनाहरूमा उनको समर्थन दरमा समेत गिरावट ल्याएको छ। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प आफ्नो ‘सिद्ध आर्थिक फर्मुला’ ले पुनः काम गर्ने विश्वासमा छन्।

हालसम्म भ्रमणको ठोस तालिका सार्वजनिक नभए पनि लस भेगासजस्ता प्रमुख सहरहरू सम्भावित स्थल मानिएका छन्। ट्रम्पले २०२४ को चुनावकालमा टिप्समा लाग्ने कर हटाउने योजना सोहीबाट घोषणा गरेका थिए।

२०२४ को चुनावमा ट्रम्पमाथि भएका दुई आक्रमण र प्रभावशाली कन्भरभेटिभ व्यक्तित्व चार्ली किर्कको हत्या पछि सुरक्षाप्रति उच्च सतर्कता राख्दै ट्रम्पका सबै कार्यक्रमहरू ठूलो आकारका तथा इनडोरमा हुने जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले कर कटौती, ओभरटाइम तलबमा कर सीमा तथा औषधिको मूल्य घटाउने हालैका कदमहरूलाई मुख्य एजेन्डा बनाएर अमेरिकी जनतामाझ जानेछन्। साथै, स्वास्थ्य क्षेत्रका केही महत्वपूर्ण नयाँ पहलहरूसमेत चाँडै सार्वजनिक हुने ह्वाइट हाउस अधिकारीले संकेत गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com