डीएनए संरचना पत्ता लगाउने अमेरिकी वैज्ञानिक वाटसनको निधन


प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार

नोबेल पुरस्कार विजेता अमेरिकी वैज्ञानिक जेम्स वाटसनको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो।

उनी डीएनएको डबल हेलिक्स संरचना पत्ता लगाउने वैज्ञानिकमध्येका एक हुन्। बीसौं शताब्दीका महान् वैज्ञानिक उपलब्धिहरूमध्ये एक मानिने यस आविष्कारमा उनले सन् १९५३ मा बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँगमिलेर डीएनएको डबल हेलिक्स संरचना पत्ता लगाएका थिए।

यो खोजले आणविक जीवविज्ञानमा तीव्र प्रगतिको बाटो खोलेको मानिन्छ।

यद्यपि, उनको ख्याति र प्रतिष्ठा पछिल्ला वर्षहरूमा जाति र लिङ्गसम्बन्धी विवादास्पद टिप्पणीहरूका कारण प्रभावित भएको थियो। उनले एक टेलिभिजन कार्यक्रममा अश्वेत र श्वेत मानिसको औसत बुद्धिको फरक जीन सँग सम्बन्धित भएको दाबी गरेका थिए।

वाटसनको निधनको पुष्टि कोल्ड स्प्रिङ हार्बर ल्याबोरेटरीले गरेको हो, जहाँ उनले दशकौँसम्म अनुसन्धान र काम गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेम्स वाटसन, फ्रान्सिस क्रिक, र मौरिस विल्किन्सले सन् १९६२ मा नोबेल पुरस्कार संयुक्त रूपमा प्राप्त गरेका थिए।

तर पछि वाटसनले गरेका जातिसम्बन्धी टिप्पणीहरूका कारण आफूलाई वैज्ञानिक समुदायबाट बहिष्कृत महसुस भएको बताएका थिए।

उनका यी टिप्पणीहरूका कारण उनले कोल्ड स्प्रिङ हार्बर ल्याबोरेटरीको च्यान्सलर पद गुमाएका थिए।

सन् २०१९ मा पनि उनले पुनः जाति र बुद्धिसँग सम्बन्धित टिप्पणी गरेपछि, प्रयोगशालाले उनलाई च्यान्सलर इमेरिटस, प्रोफेसर इमेरिटस र मानार्थ ट्रस्टीको उपाधिबाट पनि हटाएको थियो।

डीएनएको खोज सन् १८६९ मा भएको थियो। तर, सन् १९४३ सम्म वैज्ञानिकहरूले डीएनए नै कोशिकाको आनुवंशिक पदार्थ हो भन्ने पुष्टि गर्न सकेका थिएनन्। तापनि, यसको संरचना रहस्यमय नै थियो।

सन् २०१४ मा वाटसनले आफ्नो नोबेल मेडल ४.८ मिलियन डलरमा लिलामी गरेका थिए। वैज्ञानिक समुदायले आफूलाई अलग्याएको महसुस गरेपछि उनले लिलामी गरेका हुन्। तर, उक्त मेडल किन्ने रूसी अर्बपतिले पछि उनलाई नै फिर्ता दिएका थिए।

वाटसनको जन्म सन् १९२८ अप्रिलमा अमेरिकाको शिकागोमा भएको थियो।

१५ वर्षको उमेरमा उनले युनिभर्सिटी अफ शिकागोमा छात्रवृत्तिमा प्रवेश पाए।

त्यहाँ उनले एक्स-रे डिफ्र्याक्सन प्रविधिप्रति चासो देखाए। यो प्रविधिबाट परमाणुहरूको आन्तरिक संरचना अध्ययन गर्न सकिन्थ्यो।

डीएनए संरचनामा अनुसन्धान गर्न उनी क्याम्ब्रिज विश्वविद्यालय पुगेका थिए, जहाँ उनको भेट फ्रान्सिस क्रिकसँग भयो।

पछि, उनले पत्नी एलिजाबेथसँगै हार्वर्ड विश्वविद्यालयमा अध्यापन थाले।

सन् १९६८ मा उनले कोल्ड स्प्रिङ हार्बर ल्याबोरेटरीको नेतृत्व लिए र त्यसलाई विश्वकै उत्कृष्ट वैज्ञानिक अनुसन्धान संस्थामध्ये एकमा रूपान्तरण गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com