न्यूयोर्क राज्य सरकारबाट ४ सय डलर सम्मको राहत चेक अझै आएन? केही गर्नुपर्छ कि?


प्रकाशित मिति : कार्तिक ५, २०८२ बुधबार

set of black opened envelope and cash dollars

Photo by Karolina Grabowska on Pexels.com

न्यूयोर्क राज्यले सेप्टेम्बरको अन्तिम साताबाट झण्डै ८ मिलियन न्यूयोर्कबासीलाई ४ सय डलरसम्मको राहत चेक पठाउन सुरु गरेको थियो । तर केही न्यूयोर्कबासीहरुले आफू उक्त चेक अझै प्राप्त नगरेको बताएका छन् । के अब उनीहरुले त्यो चेक नपाउने हुन् ? के उनीहरुले त्यो चेक पाउन कुनै कदम चाल्नुपर्छ ?

न्यूयोर्क राज्यले पठाउने योजना बनाएको ८० लाख चेकमध्ये लगभग ४० लाख चेक पठाइसकेको छ। अझै ४० लाख चेकहरु पठाउने प्रकृयामा रहेकाले अहिलेसम्म चेक नपाएकाहरुले आगामी साताहरुमा प्रतिक्षा गर्नुपर्छ । उनीहरुले चेक पाउनका लागि कुनै कदम चाल्नु नपर्ने जनाइएको छ । चेकहरू भौगोलिक आधारमा वितरण नगरिएकाले छिमेकी वा आफन्तले चेक प्राप्त गरेपनि चिन्ता गर्नु पर्दैन । योग्य करदाताहरूले लगभग नोभेम्बरको अन्त्यसम्ममा आफ्नो चेक प्राप्त गर्ने जनाइएको छ ।

योग्य न्यूयोर्कवासीहरूले यसका लागि आवेदन दिन वा कुनै फारम भर्नु पर्दैन । चेकहरू स्वचालित रूपमा हुलाकबाट पठाइन्छ ।

राहत भुक्तानीको लागि योग्यता २०२३ कर वर्षको फाइलिंग स्थिति र आयमा आधारित छ। १ लाख ५० हजार डलरसम्म आय भएका संयुक्त कर फाइलरहरूले अधिकतम ४ सय डलरसम्मको चेक पाउनेछन्, जबकि ३ लाख सम्म कमाउनेहरूले ३ सय डलर पाउनेछन्। एकल फाइलरहरूको हकमा ७५ हजारसम्म आय भएकाहरू २ सय डलरको चेकका लागि योग्य छन् भने १ लाख ५० हजारसम्म आय भएकाहरू १५० डलरको चेकका लागि योग्य छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योग्य हुनको लागि, बासिन्दाहरूले राज्यको आयकर रिटर्न फाइल गरेको हुनुपर्छ भने योग्यता आय थ्रेसहोल्ड भित्र पर्नु पर्छ । त्यस्तै अर्को करदाताको रिटर्नमा आश्रितका रूपमा दाबी नगरिएको हुनुपर्छ। यी चेकहरू साना, अप्रत्याशित खर्चहरूको लागि वित्तीय सहारा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो। रिपोर्टहरू अनुशार राष्ट्रिय रूपमा झन्डै ३७ प्रतिशत वयस्कहरूलाई ४ सय डलरको आपतकालीन खर्च धान्न गाह्रो हुन्छ।

चेकहरू गभर्नर होकुल र राज्य संसदद्वारा बढ्दो महँगीको सामना गर्न गरिएको व्यापक प्रयासको एक हिस्सा हो। यस वर्षको सुरुमा गभर्नरले मध्यम वर्गका लागि कर कटौती, प्रति बच्चा १ हजार डलरसम्मको बाल कर क्रेडिटको विस्तार र सबैका लागि निःशुल्क विद्यालय भोजन सुनिश्चित गरेकी थिइन् । जसले परिवारलाई प्रति बच्चा वार्षिक करिब १६ सय डलरसम्म बचत गराउँछ।

सांसदहरु लगायतका नेताहरूले यो कदमको प्रशंसा गर्दै सीधा भुक्तानीले काम गर्ने परिवारहरूलाई अर्थपूर्ण राहत प्रदान गरेको कुरामा जोड दिएका छन्। ८२ लाख चेकहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रीय विनियोजन न्यूयोर्क शहरमा झण्डै ३५ लाख र त्यसपछि लङ आइल्याण्डमा साढे १२ लाख तथा मिड हडसन क्षेत्र मा ९ लाख २४ हजारलाई चेक वितरण गरिदैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com