घरको मूल्य घटाउन राष्ट्रिय आवास संकटकाल लगाउनेबारे विचार गर्दै ट्रम्प प्रशासन


प्रकाशित मिति : भाद्र १६, २०८२ मंगलबार

line of houses during day

Photo by Marcus Lenk

ट्रम्प प्रशासनले बढ्दो घरको मूल्य र बिक्रिका लागि राखिएका घरको अभावलाई सम्बोधन गर्न राष्ट्रिय आवास संकटकाल घोषणा गर्नेबारे विचार गरिरहेको छ । ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले यसबारे खुलासा गरेका हुन् । आगामी केही महिनाभित्र राष्ट्रिय आवास संकटकाल घोषणा हुनसक्ने बेसेन्टले बताएका छन् ।

फेडरल रिजर्भद्वारा ब्याजदर कटौतीले घरको मूल्य घटाउन मद्दत गर्ने उनले बताएका छन् । तर ट्रम्प प्रशासनले आवासको आपूर्ति विस्तार गर्न र केही लागत कम गर्नका लागि अन्य कदमहरू चाल्न सक्ने पनि बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आवास संकटकाल घोषणा गरेमा कस्ता कार्यकारी आदेशहरु जारी गर्नेछन् भन्नेबारे प्रष्ट छैन । तर अधिकारीहरूले स्थानीय भवन र जोनिङ कोडहरूलाई मानकीकरण गर्ने र लागत घटाउने तरिकाहरूको मूल्याङ्कन गरिरहेको जनाइएको छ । ट्रम्प प्रशासनले लागत घटाउन केही निर्माण सामग्रीका लागि ट्यारिफ छुट दिनेबारे पनि विचार गर्न सक्ने बताइएको छ ।

यस वर्ष क्यानाडियन काठको आयातमा ट्यारिफ लागू भएपछि काठको लागत मूल्य निकै अस्थिर भएको छ। फ्रेमिङ काठको समग्र मूल्य एक वर्षअघिको तुलनामा ५ दशमलव ८ प्रतिशत बढेको जनाइएको छ । हालैका गिरावटका बावजुद काठको भविष्यको मूल्य एक वर्षअघिको तुलनामा १९ दशमलज १ प्रतिशत बढी भएको रिपोर्ट गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार ओभल अफिसको पत्रकार सम्मेलनमा पनि राष्ट्रपति ट्रम्पले आवासको किफायतीतामा संकटकालिन घोषणा विचाराधीन रहेको पुष्टि गरेका छन् । तर उनले थप विवरणहरु भने दिएका छैनन् ।

अमेरिकीहरूले आवास किन्न गहिरो संघर्षको सामना गरिरहेका बेला संकटकालको विषय चर्चामा आएको हो । आम्दानीको तुलनामा घर किन्नसक्ने क्षमता ४० वर्षको न्यूनतम बिन्दुको नजिक पुगेको छ । लगभग आधा भाडामा बस्ने घरपरिवारहरू लागतको बोझले थिचिएका छन्, जसले आफ्नो आम्दानीको ३० प्रतिशत भन्दा बढी भाडामा खर्च गर्छन्।

यद्यपि आवास संकटलाई सम्बोधन गर्ने संघीय प्रयास स्वरुप संकटकाल लगाएपनि आवास आपूर्तिलाई प्रभाव पार्ने अधिकांश प्रमुख नीतिहरू राज्य र स्थानीय स्तरमा तय गरिएका हुन्छन्। ट्रम्प प्रशासनले आवासलाई सम्बोधन गर्न कस्तो प्रकारको संकटकालिन उपायहरू अपनाउने छ भन्नेबारे स्पष्ट नभएपनि यसले आवास आपूर्ति बढाउन मद्दत गर्न सक्ने अनुमान गरिएको छ ।

संघीय सरकारले घर किन्न सजिलो बनाएर छोटो अवधिमा आवास बजारलाई पनि फाइदा पुर्‍याउन सक्ने अर्थशास्त्रीहरुको भनाई छ । घर किन्दा लागत कम गर्न कर क्रेडिट प्रदान गर्ने लगायतका उपायहरु पनि यसमा पर्न सक्छन् । २००८ मा ओबामा प्रशासनको समयमा पहिलो पटक घर खरिद गर्नेहरूलाई यस्तै प्रकारको कर क्रेडिट प्रस्ताव गरिएको थियो, जब अर्थतन्त्र गहिरो मन्दीमा प्रवेश गरेको थियो।

२०२४ को राष्ट्रपति चुनावमा आवास संकट प्रमुख रूपमा प्रस्तुत भएको थियो, जहाँ डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले पहिलो पटक घर खरिद गर्ने केही निश्चित व्यक्तिहरूलाई २५ हजार डलरसम्मको डाउन पेमेन्ट सहायता प्रदान गर्ने योजनाको प्रचार गरेकी थिइन् ।

ट्रम्पले चुनावी अभियानमा आवास संकटलाई सम्बोधन गर्ने वाचा पनि गरेका थिए । उनले घर निर्माणकर्ताहरूमाथिका नियमहरू घटाउने वाचा गरेका थिए भने मोर्गेज रेटहरु ३ प्रतिशत वा सोभन्दा कममा ल्याउने बताएका थिए । ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि मोर्गेज दरहरू ६ दशमलव ५ प्रतिशत भन्दा माथि रहेको छ, जसले गर्दा राष्ट्रपतिले आफ्नो नीति दर अपरिवर्तित राखेकोमा फेडरल रिजर्भ विरुद्ध तीतो आलोचना गरेका छन् ।

फेडरल रिजर्भले अब यस महिनाको अन्त्यमा आफ्नो बेन्चमार्क दर एक चौथाई बिन्दुले कटौती गर्ने अपेक्षा गरिएको छ, जसले मोर्गेज दरहरू वर्षको सबैभन्दा कम स्तरमा ल्याएको छ, गत हप्ता मोर्गेज दर औसत ६ दशमलव ५६ प्रतिशत रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com