मृत्युका साक्षी पत्रकार स्वयं निशानामा, सोमबार भएको इजरायली आक्रमणमा अस्ताए ५ पत्रकार


प्रकाशित मिति : भाद्र ८, २०८२ सोमबार

गाजाको दक्षिणी सहर खान युनिसस्थित नास्सेर अस्पतालमा सोमबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। मारिनेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पाँच जना पत्रकार पनि रहेका छन्।

प्यालेस्टाइन स्वास्थ्य अधिकारीका अनुसार पहिलो आक्रमणमा रायटर्सका क्यामराम्यान हुस्साम अल–मस्रीको मृत्यु भएको हो। उनी अस्पतालको माथिल्लो तल्लामा रायटर्सको प्रत्यक्ष प्रसारण सञ्चालन गरिरहेका बेला लक्षित आक्रमण भएको बताइएको छ।

त्यसपछि अस्पताल परिसरमा दोस्रो आक्रमण हुँदा उद्धारकर्मी, स्वास्थ्यकर्मी र अन्य पत्रकारहरूको ज्यान गएको छ।

मारिने अन्य पत्रकारहरूमा एपीका लागि स्वतन्त्र पत्रकार मरियम अबु डग्गा, अल जजिराका पत्रकार मोहम्मद सलामा, विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने स्वतन्त्र पत्रकार मोआज अबु ताहा, स्वतन्त्र पत्रकार अहमद अबु अजीज रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी रायटर्सका फोटोग्राफर हातेम खालेद गम्भीर घाइते भएका छन्।

इजरायली सेनाले नास्सेर अस्पताल क्षेत्रलाई लक्षित गरिएको स्वीकार्दै प्रमुख जनरल स्टाफले छानबिनको आदेश दिएको जनाएको छ। आईडीएफको विज्ञप्तिमा भनिएको छ, “हामी निरपराध व्यक्तिलाई हानी पुर्‍याएकोमा खेद व्यक्त गर्छौं। पत्रकारलाई लक्षित गर्ने हाम्रो नीति छैन। सेनाको सुरक्षालाई कायम राख्दै सकेसम्म नागरिकलाई क्षति नहोस् भन्ने हाम्रो प्राथमिकता हो।”

रायटर्सले क्यामराम्यान हुस्साम अल–मस्रीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै घाइते फोटोग्राफर हातेम खालेदलाई तत्काल उपचारका लागि गाजा र इजरायलका अधिकारीसँग सहयोग मागेको छ। एपीले समेत पत्रकार मरियम अबु डग्गाको मृत्युबाट स्तब्ध भएको प्रतिक्रिया जनाएको छ। उनी प्रायः नास्सेर अस्पतालमै बसेर रिपोर्टिङ गर्दै आएकी थिइन्, जसमा हालै भोकमरी र कुपोषणबाट पीडित बालबालिकाबारे समाचार प्रकाशित गरिएको थियो।

प्यालेस्टाइन पत्रकार महासंघले इजरायलको आक्रमणलाई “स्वतन्त्र पत्रकारितामाथि खुला युद्ध” भन्दै कडा आलोचना गरेको छ। महासंघका अनुसार, युद्ध सुरु भएको २०२३ को अक्टोबर ७ देखि अहिलेसम्म २४० भन्दा बढी पत्रकार गाजामा इजरायली आक्रमणमा मारिएका छन्।

दुई साताअघि मात्र इजरायलले चर्चित अल जजिरा संवाददाता अनस अल–शरिफसहित पाँच पत्रकारलाई लक्षित आक्रमणमा मारेको थियो। सो क्रममा इजरायलले शरिफ हमासका लागि काम गर्ने दाबी गरे पनि अल जजिराले त्यसलाई अस्वीकार गरेको थियो।

त्यस्तै अघिल्लो वर्ष अक्टोबरमा दक्षिणी लेबनानमा इजरायली ट्यांकको गोली प्रहारमा रायटर्स पत्रकार इस्साम अब्दल्लाहको मृत्यु भएको थियो। उक्त घटनाबारे इजरायलले छानबिन भइरहेको जनाएको भए पनि अहिलेसम्म कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन।

सन् २०२३ मा युद्ध सुरु भएयता इजरायलले गाजामा विदेशी पत्रकारलाई प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। त्यसैले युद्ध अवधिभरको रिपोर्टिङ प्यालेस्टाइन पत्रकारहरूले नै गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com