अष्ट्रेलियामा क्यान्सरको जोखिम कसरी घट्यो ? कारण यस्ता रहेछन्


प्रकाशित मिति : असार २५, २०८२ बुधबार

अष्ट्रेलियामा क्यान्सरको जोखिम घट्दै गएको देखिएको छ । पछिल्ला चार दशकमा जोखिमको मात्रामा उल्लेखनीय सुधार आएको पाइएको हो ।

अष्ट्रेलियामा विगत चार दशकदेखि क्यान्सरको रोकथाम, प्रारम्भिक परीक्षण (स्क्रिनिङ) र आधुनिक उपचारमा गरिएको निरन्तर लगानीका कारण दुई लाख ३० हजारभन्दा बढी नागरिकको ज्यान जोगिन सफल भएको अध्ययनले देखाएको छ ।

सार्वजनिक गरिएको अध्ययन अष्ट्रेलियन एन्ड न्यूजिल्याण्ड जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित भएको हो । अध्ययनका अनुसार धूमपान विरुद्धका अभियानहरूले फोक्सोको क्यान्सरबाट हुने मृत्युमा उल्लेखनीय कमी ल्याएका छन् ।

स्तन, पाठेघरको मुख र पेटको क्यान्सरको प्रारम्भिक पहिचान र सुधारिएको उपचारले पनि मृत्युदरमा उल्लेखनीय गिरावट ल्याएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धानको नेतृत्व गरेकी क्यान्सर काउन्सिल भिक्टोरियाकी क्यान्सर विज्ञ उपप्रमुख ब्रिजिड लिंचले विगतका दशकहरूमा स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरूको सकारात्मक परिणाम अहिले देखिन थालेको बताइन । यो क्रमशः प्रभाव बढ्दै जाने प्रक्रिया हो ।

अध्ययन अनुसार, सन् १९८० यता पुरुषमा क्यान्सरबाट मृत्यु हुने जोखिम २० प्रतिशतले र महिलामा ११ प्रतिशतले घटेको छ । तर, अध्ययनले मस्तिष्कको क्यान्सरबाट हुने मृत्यु दर भने अझै बढ्दो क्रममा रहेको चेतावनी दिएको छ।

यस वृद्धि पछाडि मुख्यतः अनुचित जीवनशैली र दीर्घकालीन संक्रमणहरू जिम्मेवार देखिएका छन् ।

विशेषज्ञहरूका अनुसार,अष्ट्रेलियाको बुढ्यौली जनसंख्या तीव्र गतिमा बढिरहेको हुँदा सन् २०४४ सम्ममा क्यान्सरका बिरामीहरूको संख्या ५० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

त्यसैले, उनीहरूले क्यान्सर नियन्त्रणका कार्यक्रमहरूमा अझ व्यापक र दीर्घकालीन लगानी गर्न सरकारलाई आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com