के हो अमेरिकामा अध्यागमनबारे समाचार लेख्ने पत्रकार पक्राउ र देशनिकालाको प्रक्रियामा रहेको सन्दर्भ?


प्रकाशित मिति : असार १०, २०८२ मंगलबार

यस महिनाको सुरुमा अमेरिकाको जर्जियामा अध्यागमनबारे समाचार लेख्ने एल साल्भाडोरका नागरिक पत्रकार मारियो ग्वेभारा पक्राउ परेका थिए। उनको गिरफ्तारीपछि ट्रम्प प्रशासनमा गैर–नागरिक पत्रकारहरूले सामना गर्नुपर्ने जोखिमहरूबारे चर्चा चुलिएको छ।

ग्वेभारा हाल आइसको हिरासतमा छन्। उनी जुन १४ मा डेकाल्ब काउन्टीमा भएको ‘नो किङ्स’ विरोध प्रदर्शनको कभरेज गर्दै गर्दा अवैध भेला र अधिकारीहरूलाई अवरोध गरेको आरोपमा गिरफ्तार भएका थिए। उनले आफ्नो गिरफ्तारीको प्रत्यक्ष प्रसारण समेत गरेका थिए।

गृहभूमि सुरक्षा विभाग ले भने ग्वेभारा पत्रकार भएको कारणले हिरासतमा नलिएको बताएको छ। गृहभूमि सुरक्षा विभागको भनाइअनुसार ग्वेभारा सन् २००४ मा अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए र उनलाई स्वेच्छिक देशनिकाला का लागि प्रेरित समेत गरिएको छ।

तर, ग्वेभाराका वकिलले भने उनी पर्यटक भिसामा कानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए र उनीसँग वैध काम गर्ने अनुमति रहेको दाबी गरेका छन्। ग्वेभाराको ग्रिनकार्ड आवेदन पनि विचाराधीन रहेको बताइएको छ। उनीसँग ग्रिनकार्ड वा अमेरिकी नागरिकता नभए पनि काम गर्ने अनुमति र सामाजिक सुरक्षा नम्बर भने रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जाकारियास गेटा (दायाँ) र जियोभानी डियाज, मारियो ग्वेभाराको प्रतिनिधित्व गर्दै जर्जियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै। (मिगुएल मार्टिनेज/एटलान्टा जर्नल–कन्स्टिट्युसन ए.पी. मार्फत)

ग्वेभारा करिब २० वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। उनले स्पानिस भाषाका सञ्चार माध्यमहरू र स्वतन्त्र माध्यमहरूमार्फत जर्जियाका आप्रवासी समुदायहरूलाई कभर गर्दै आएका छन्। गिरफ्तारीको दिन ग्वेभाराले पछाडि र छातीमा ‘प्रेस’ लेखिएको भेस्ट लगाएका थिए।

ग्वेभाराले आफ्नो प्रत्यक्ष प्रसारणमा गिरफ्तारी हुनु केही क्षणअघि आफू पत्रकार भएको कुरा बताएको समेत सुन्न सकिन्छ। अधिकारीहरूले उनलाई हिरासतमा लिएपछि उनको फोन भुइँमा खसेको थियो र ग्वेभाराको अनुरोधमा एक अधिकारीले त्यसलाई उठाएका थिए। प्रत्यक्ष प्रसारणमा आंशिक रूपमा ग्वेभारालाई हतकडी लगाएर लैजाँदै गरेको र त्यसपछि अधिकारीहरूले गाडीमा राखेको देखिन्छ।

मारियो ग्वेभारा (एमजीन्युजका मेट्रो एटलान्टास्थित स्पेनी-भाषाका पत्रकार) की छोरी क्याथरिन ग्वेभारा आफ्ना बुबाका वकिलहरू जियोभानी डियाजजाकारियास गेटासँग पत्रकार सम्मेलनमा बोल्दै गर्दा भावुक हुँदै।  (मिगुएल मार्टिनेज/एटलान्टा जर्नल–कन्स्टिट्युसन ए.पी. मार्फत)

पत्रकार सुरक्षा समिति की अमेरिका, क्यानडा र क्यारिबियन कार्यक्रम संयोजक क्याथरिन ज्याकब्सनले ग्वेभाराको गिरफ्तारीले अमेरिकामा कार्यरत गैर–नागरिक पत्रकारहरूका लागि चिन्ताजनक नजिर स्थापित गरेको बताएकी छिन्। गृहभूमि सुरक्षा विभागलाई पठाइएको पत्रमा पत्रकार सुरक्षा समितिले ग्वेभाराको मामिलाले प्रेस स्वतन्त्रता र कानुनको शासनको गम्भीर क्षयीकरणको प्रतिनिधित्व गरेको लेखेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com