इजरायल-इरान तनाव : मिसाइल आक्रमणमा उत्रिए दुवै मुलुक


प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

तस्बिर : एएफपी/रासस

शुक्रबार राति इजरायलभरि साइरनहरू बज्न थालेपछि तेल अभिव र यरुशलम आकाशमा भीषण विस्फोटहरू सुनिए। इजरायली सेनाले इरानबाट सयौं बलिस्टिक मिसाइलहरू प्रहार भएको पुष्टि गरेको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार यो मिसाइल प्रहार इजरायलद्वारा हालै इरानमाथि गरिएका अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणको बदला स्वरूप गरिएको हो। इरानले आक्रमणमा नताञ्जको भूमिगत आणविक केन्द्र ध्वस्त भएको दाबी गरेको छ । साथै, शीर्ष सैन्य कमाण्डरहरू मारिएका थिए।

इजरायली सेनाले यस आक्रमणलाई ‘अप्रेशन राइजिङ लायन’ को नाम दिँदै इरानविरुद्ध व्यापक कारबाही सुरु गरेको छ। इजरायली सेना प्रवक्ताका अनुसार, तेहरान, इस्फहान, र फोर्दो जस्ता स्थानहरूमा रहेका मिसाइल प्रक्षेपण केन्द्रहरू, ड्रोन बेस र आणविक स्थापनाहरूलाई लक्ष्य बनाइएको छ।

इस्फहानस्थित आणविक साइट, जुन पहिलेको आक्रमणमा बचेको थियो, यसपटक गम्भीर रूपमा क्षतिग्रस्त भएको पुष्टि गरिएको छ। तेहरानको उत्तर र दक्षिण क्षेत्रमा, साथै कोम नजिकको फोर्दो आणविक केन्द्रमा समेत धमाका भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै भने “इरानबाट आएको अस्तित्वको खतरा अन्त्य गर्न हामीले समयमै कदम चालेका छौं। यो अभियान तबसम्म जारी रहनेछ, जबसम्म हामी यो खतरा पूर्ण रूपमा अन्त्य गर्न सक्दैनौं। आजको हाम्रो निर्णय भविष्यका पुस्ताका लागि निर्णायक हुनेछ।”

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले भने इजरायलले पहिलो प्रहार गरेर युद्धको सुरुवात गरेको आरोप लगाएका छन्। उनले इरानी जनतालाई संयमता अपनाउन आह्वान गर्दै “हामी प्रतिक्रियामा मात्र लडिरहेका छौं,” भनेका छन्।

यस तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “इरानले अझै पनि समझदारी गर्न सक्ने मौका छ। मैले उनीहरूलाई अपमान र मृत्युबाट बचाउने धेरै प्रयास गरें। सम्झौता गर्न अझै ढिला भइसकेको छैन।”

उनले स्पष्ट पारे, “हामीलाई इजरायली योजनाको सबै कुरा थाहा थियो। म चाहन्थेँ समाधान कूटनीतिक होस्, तर अब पनि ढिलो छैन।”

यस्तो तनावपूर्ण वातावरणबीच पनि आइतबारका लागि तय गरिएको तेहरान–वाशिंगटन आणविक वार्ता अझै तालिकामै रहेको छ। यद्यपि ट्रम्पले यो वार्ता वास्तवमै हुने हो कि होइन भन्नेमा अनिश्चितता व्यक्त गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com