अमेरिकासँगको व्यापार सम्झौता वार्तालाई गति दिन जापान सहमत


प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

COMBO-JAPAN-US-DIPLOMACY

अमेरिकासँगको व्यापार सम्झौता वार्तालाई गति दिन जापान सहमत भएको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रुपमा कर वृद्धि गरेपछि व्यापार सम्झौता वार्तालाई तीव्रता दिन शुक्रबार भएको आह्वानमा आफू सहमत भएको बताएका हुन् ।

आइतबारदेखि क्यानडामा सुरु हुने जी–७ शिखर सम्मेलनका क्रममा दुई नेताबीच प्रत्यक्ष वार्ता हुने इशिबाले जानकारी दिए ।

जापान र अमेरिका दुवैका लागि हितकर हुने सम्झौतालाई साकार पार्ने दिशामा छलफललाई तीव्रता दिन आफू र ट्रम्प सहमत भएको उनले सञ्चारकर्मीसँग बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख अमेरिकी सहयोगी र अमेरिकाको सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि पनि अधिकांश देशहरूलाई लगाइएको समान १० प्रतिशत आधारभूत शुल्क लगाइएको छ भने कार, इस्पात र आल्मुनियममा कडा करको अधीनमा छ ।

ट्रम्पले पनि अप्रिलको सुरुमा जापानमा थप २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा गरेका थिए । तर, पछि जुलाईको सुरुसम्मका लागि अन्य देशहरूलाई जस्तै जापानमाथि लगाइएका करबारे उपायहरू निकाल्ने वार्ताको तयारीका लागि यसलाई स्थगन गरेको घोषणा गरेका थिए ।

धेरै चरणको वार्ताका बावजुद पनि दुई पक्षबीच धेरै दूरी कायम छ र जापानले ट्रम्पले घोषणा गरेका सबै करहरू हटाउनुपर्ने अडान लिएको छ।

इशिबाले टोकियोले प्रस्ताव गरेको ट्रम्पसँगको भेटमा जापानको अडान ‘अपरिवर्तित’ रहेको दोहो¥याएको बताए ।

टोकियोका व्यापार दूत रायोसी अकाजावाले गत शनिबार वासिङ्टनमा जापानी पत्रकारसँग कुरा गर्दै पाँचौँ चरणको वार्तामा केही प्रगति भएको बताएका थिए ।

उनले भनेका थिए, “ पाँचौँ चरणको वार्तामा केही प्रगति भएको तर हामीले अहिलेसम्म सहमतिको बिन्दु पत्ता लगाउन सकेका छैनौँ ।

इशिबाले जी–७ शिखर सम्मेलन आफू र ट्रम्पका लागि ‘जापान–अमेरिका सम्बन्धबारे छलफल लाई गहन बनाउने’ राम्रो अवसर हुने बताए ।

दुवै नेताले शुक्रबार इरानमाथि इजरायलले गरेको आक्रमणबारे पनि छलफल गरेका थिए र मध्यपूर्वमा शान्ति र स्थिरता अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com