अहमदाबाद विमान दुर्घटना : मृतकको संख्या २६०, होस्टेलको छतमा भेटियो ‘ब्ल्याक बक्स’


प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

(SpotNews)INDIA-GUJARAT-AHMEDABAD-PLANE CRASH

बिहीबार भारतको अहमदाबादमा भएको भयानक एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६० पुगेको बताइएको छ। विमानको ‘ब्ल्याक बक्स’ दुर्घटनास्थल रहेको मेडिकल होस्टेलको छतबाट शुक्रबार बिहान फेला पारिएको छ। दुर्घटनाको कारण पत्ता लगाउन विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)ले पूर्ण अनुसन्धान सुरु गरिसकेको छ।

गुजरात राज्य सरकारका ४० भन्दा बढी कर्मचारीहरू घटनास्थलमा नागरिक उड्डयन मन्त्रालयको टोलीसँग मिलेर अनुसन्धान तथा उद्धार कार्यमा खटिएका छन्। उक्त विमानमा २३० यात्रु र १२ चालक दल गरी २४२ जना सवार थिए, जसमध्ये हालसम्म केवल एक जनामात्र जीवित उद्धार गरिएको गृहमन्त्री अमित शाहले पुष्टि गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान दुर्घटनास्थलमा पुगेर घटनाको स्थलगत निरीक्षण गरेका थिए । उनले अहमदाबाद सिभिक अस्पतालमा पुगेर घाइतेहरूसँग भेटघाट र अवस्थाको जानकारी लिएका थिए ।

प्रधानमन्त्रीले त्यसपछिको समिक्षा बैठकमा उच्च अधिकारीहरूसँग छलफल गर्दै दुर्घटनाको कारण र यससँग सम्बन्धित सबै पक्षको विस्तृत अनुसन्धान गर्न निर्देशन दिए । उनले पछिल्लो समयको सबैभन्दा दुखद विमान दुर्घटनामध्ये एक भएको उल्लेख गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमान दुर्घटनाको अनुसन्धानमा अमेरिकी र बेलायती विज्ञ टोलीहरू पनि भारतको नेतृत्वमा भइरहेको छानबिनमा सहयोग गर्न घटनास्थलमा तैनाथ गरिएका छन्। अनुसन्धान अझ प्रभावकारी बनाउन भारतले अन्तर्राष्ट्रिय सहयोगसमेत माग गरेको छ।

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ)ले आपतकालीन उद्धार कार्यलाई तीव्र बनाएको छ। घटनास्थलमा अहिले सात वटा टोली परिचालन गरिएको छ। शुक्रबार बिहानसम्म ८१ शवहरू उद्धार गरिएको एनडीआरएफ निरीक्षक विनय कुमारले जानकारी दिएका छन्। घटनास्थलमा अझै शवहरू फेला पर्ने सम्भावना रहेको बताइएको छ।

दुर्घटना भएको बेला विमान मेडिकल स्टाफको होस्टेलमा ठोक्किँदा आगलागी भएको थियो। आगोको ठुलो गोलो र कालो धुवाँ आकाशमा उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। होस्टेलमा रहेका कम्तीमा ५० जना विद्यार्थीहरू घाइते भएको अधिकारीहरूले जनाएका छन्।

गृहमन्त्री अमित शाहले शुक्रबार एक उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहतको समिक्षा गरेका थिए । बैठकमा गुजरातका मुख्यमन्त्री भूपेन्द्रभाई पटेल, केन्द्रीय मन्त्री सी.आर. पाटिल, किन्जारापु राम मोहन नायडू र राज्य मन्त्री मुरलीधर मोहोल सहभागी थिए।

शाहले मृतकको पहिचानका लागि डीएनए परीक्षण, परिवारजनसँग सम्पर्क, र शवहरू सुरक्षित रूपमा घर पुर्‍याउने सम्पूर्ण प्रक्रिया सरकारद्वारा सुनिश्चित गरिने जानकारी दिएका छन् ।

सरकारले पीडित परिवारहरूलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, दुर्घटनाको सम्पूर्ण तथ्य सार्वजनिक गरिने र जिम्मेवारी तोकिने बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com