नेपालीसहित अमेरिकाबाट २६ हजारको डिपोर्टका लागि युएससीआईएसबाट अदालतमा रिफर


प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

यूएससीआईएसले फेब्रुअरी २८ मा नयाँ निर्देशन जारी गरेयता कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका २६ हजार ७ सयभन्दा बढी कागजातविहीन आप्रवासीको देशनिकालाको प्रक्रियाका लागि “नोटिस टु अपियर” जारी गरेको छ। यसरी नोटिस टु अपियर जारी हुनेमा नेपालीहरु समेत उल्लेख्य छन् । तर यकिन संख्या भने उपलब्ध छैन ।

अदालतबाट देशनिकालाको प्रक्रिया सुरु गर्नका लागि आप्रवासीलाई अदालतमा हाजिर हुन पठाइने सूचना नै नोटिस टु अपियर हो।  राष्ट्रपति ट्रम्पले “अमेरिकी जनतालाई आक्रमणबाट जोगाउन” जारी गरेको कार्यकारी आदेशको पालनास्वरूप युएससीआईएसले नयाँ निर्देशन जारी गरेको थियो।

“यस अद्यावधिकले यूएससीआईएसलाई विद्यमान आप्रवासन कानुनलाई प्रभावकारी रूपमा पुनः कार्यान्वयन गर्न सहयोग पुर्‍याएको छ। राष्ट्रपति ट्रम्प र सेक्रेटरी नोएमको नेतृत्वमा हामी सामान्य विवेकमा आधारित नोटिस टु अपियर नीतिमा फर्किएका छौं,” युएससीआईएसका प्रवक्ता म्याथ्यु ट्रेगेसरले भने। “फेब्रुअरी २०२५ यता हामीले हजारौं नोटिस टु अपियर जारी गर्दै आप्रवासन प्रणालीमा पारदर्शिता र सुरक्षा कायम गरिरहेका छौं,” उनले थपे।

यसअन्तर्गत अधिकारीहरूले आवेदनहरूको कठोर जाँच र छानबिनलाई प्राथमिकता दिएका छन्। ती जाँच र छानबिनका कारण हाल साप्ताहिक रूपमा करिब १ हजार ८ सय ४० नोटिस टु अपियरहरू जारी भइरहेको जनाइएको छ। बाइडेन प्रशासनको तुलनामा जालसाजीसम्बन्धी नोटिस टु अपियरमा मासिक २,८११ प्रतिशतले वृद्धि भएको युएससीआईएसले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यीमध्ये साप्ताहिक करिब ५ सय शरणार्थीसम्बन्धी र करिब १ सय टीपीएससम्बन्धी नोटिस टु अपियरहरू समेत समावेश छन्। यी प्रयासहरूले मानवीय कार्यक्रम तथा टीपीएस कार्यक्रममार्फत आप्रवासन प्रणालीको दुरुपयोगमा कमी ल्याएको अधिकारीहरूको भनाइ छ।

नयाँ निर्देशनअनुसार, जब कुनै अध्यागमन लाभसम्बन्धी अनुरोध अस्वीकृत भई व्यक्ति निष्कासनका लागि योग्य ठहरिन्छ, त्यस्ता अवस्थामा सामान्यतया नोटिस टु अपियर जारी गरिन्छ। यद्यपि, सीमित अवस्थामा अभियोजनको विवेकाधिकार प्रयोग गरिएको छ। टीपीएस र डाका सम्बन्धी मुद्दामा भने पहिलेको कानुनी प्रक्रिया यथावत् राखिएको छ।

यदि होमल्याण्ड सेक्युरिटीले कुनै देशको टीपीएस मान्यता अन्त्य गरेपछि व्यक्ति अन्य कुनै बसाइको अनुमति नपाएको खण्डमा उनीहरू नोटिस टु अपियरको दायरामा पर्न सक्ने युएससीआईएसले जनाएको छ। यस्ता व्यक्तिहरूले अमेरिका छोड्नुपर्ने हुन्छ। प्रस्थानको जानकारी दिन सीबीपीको मोबाइल एप ‘सीबीपी होम’ प्रयोग गर्न प्रोत्साहित गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com