एयर इन्डियाको विमान दुर्घटना अपडेट : २०४ जनाको मृत्यु, उद्धार कार्य जारी


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

EDS NOTE GRAPHIC CONTENT- Rescuers carry the body of a victim of an airplane that crashed in India’s northwestern city of Ahmedabad in Gujarat state, Thursday, June 12, 2025. (AP Photo/Ajit Solanki)

भारतको अहमदाबाद शहरमा एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडान भरिरहेको यात्रु विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा परेका मध्ये ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने उद्धार तथा राहत कार्य अहिले पनि जारी छ।

बी–७८७ ड्रीमलाइनर प्रकारको एयर इन्डिया विमान (उडान नम्बर एआई- १७८) दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरिरहेको थियो। टेकअफ गरेको केही मिनेटपछि विमान अहमदाबादको भीरावाडी नामक एक घना आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा २३२ जना यात्री र १० जना चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकका अनुसार, हालसम्म २०४ जनाको शव फेला पारिएको छ। उनले भने, ‘केही सर्वाइभर हुन सक्छन्, तर अधिकांश यात्रुहरू ज्यान गुमाइसकेका छन्।’

एयर इन्डियाका अनुसार, विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, एक जना क्यानाडेली र ७ जना डच नागरिक सवार थिए। साथै दुई जना नवजात शिशु पनि यात्रु सूचीमा थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुख्य पाइलट सुमित सभरवाल र सह–पाइलट क्लाइव कुन्दर थिए। विमान टेकअफ भएदेखि दुर्घटना हुनासम्मको बीचमा संचार सम्पर्कमा कुनै असमान्य कुरा रिपोर्ट गरिएको थिएन।

विमानस्थल नजिकैको टर्मिनल–१ का एक प्रबन्धकका अनुसार, दुर्घटनापछि विमानस्थल क्षेत्र बाहिर बाक्लो धुवाँ देखिएको थियो। स्थानीयवासीका अनुसार ठूलो विस्फोटसहित धुवाँ र आगो फैलिएको थियो, जसले नजिकका घरहरूमा समेत क्षति पुर्‍याएको छ।

गृहमन्त्री अमित शाहले एक्समा लेख्दै भनेका छन्, “अहमदाबादमा भएको यो दुखद विमान दुर्घटनाबाट म स्तब्ध छु। उद्धार बलहरूलाई तुरुन्तै घटनास्थलमा खटाइएको छ। मैले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, गृहमन्त्री हर्ष सङ्घवी र प्रहरी आयुक्तसँग पनि कुराकानी गरेको छु।”

अहमदाबादका डीसीपी कानन देसाईका अनुसार, दमकलका गाडीहरू घटनास्थलमा पुगिसकेका छन् र घाइतेहरूलाई नजिकका अस्पतालमा लगिएको छ।

एयर इन्डियाले यात्रुहरूका परिवार तथा आफन्तहरूलाई जानकारी दिनका लागि हेल्पलाइन नम्बर १८०० ५६९१ ४४४ उपलब्ध गराएको छ। साथै, अहमदाबाद विमानस्थलको टर्मिनलमा सूचना केन्द्र सञ्चालन गरिएको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक पत्रकार सम्मेलनमा भने, ‘अहमदाबादमा भएको यो दुर्घटना अत्यन्त दुःखद छ। हामीले धेरै निर्दोष मानिसहरू गुमाएका छौं। मृतकप्रति गहिरो समवेदना प्रकट गर्दछौं। विमानमा केही विदेशी नागरिकहरू पनि थिए। यस विषयमा थप जानकारी नागरिक उड्डयन मन्त्रालय र एयर इन्डियाबाट प्राप्त हुनेछ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com