मित्रता, मतभेददेखि माफीसम्म : डोनाल्ड ट्रम्प र एलन मस्कबीचको सम्बन्ध सुधारतर्फ !


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

Trump

विश्वका सर्वाधिक चर्चित व्यवसायीमध्ये एक एलन मस्कले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति गरेका तीव्र आलोचनात्मक टिप्पणीहरू फिर्ता लिँदै माफी मागेका छन्। मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बुधबार भने, “मैले ट्रम्पबारे गरेका केही पोस्टहरू अत्यधिक थिए, त्यसको मलाई पछुतो लागेको छ।” यस घटनाले अमेरिकी राजनीति र व्यापार क्षेत्रमा ठूलो तरंग पैदा गरेको छ।

गत हप्ता एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्च विधेयकलाई “घिनलाग्दो र अत्यन्तै खराब” भन्दै आलोचना गरेका थिए। उनले विधेयकलाई अत्यधिक खर्चिलो भन्दै यसले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने चेतावनी पनि दिएका थिए। यति मात्र होइन, उनले ट्रम्पविरुद्ध महाभियोगको मागसमेत उठाएका थिए।

यसपछि ट्रम्प र मस्कबीच सामाजिक सञ्जालमा व्यक्तिगत आक्रमणहरू आदानप्रदान हुन थाले। विवाद चुलिंदै जाँदा मस्कले नयाँ राजनीतिक दल सुरु गर्ने संकेतसमेत दिएका थिए।

क्त तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै उपराष्ट्रपति जेडी भान्स, ह्वाइट हाउसका चीफ अफ स्टाफ सुजी वाइल्स, र ट्रम्पका क्रिप्टो सल्लाहकार तथा मस्कका पुराना साथी डेभिड स्याक्सले दुवैपक्षलाई वार्तामा ल्याउने प्रयास गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपराष्ट्रपति भान्सले पत्रकारहरूसँग भने, “म मस्क र ट्रम्पसँग दुबैले सार्वजनिक तथा निजी रूपमा राष्ट्रपतिको कार्यसूचीलाई समर्थन गर्ने वातावरण बनोस् भन्ने चाहन्छु।” उनका अनुसार ट्रम्प मस्कका टिप्पणीहरूबाट “धेरै निराश” भए पनि दीर्घकालीन विवादमा रहन चाहदैँनथे ।

बुधबार मस्कले आफ्नो ‘एक्स’ खातामा लेखे, “पछिल्लो हप्ता ट्रम्पबारे गरेका मेरा केही पोस्टहरू अनुचित थिए, माफ गर्नुहोस्।” उनले महाभियोग समर्थन गर्ने पोस्टसहित थुप्रै सामग्री मेटाएका छन्। यद्यपि, उनले ट्रम्पको कर विधेयकमाथिको आलोचना भने कायम राखेका छन्।

ट्रम्पसँगको टकरावले मस्कका कम्पनीहरू (टेस्ला, स्पेसएक्स, र स्टारलिंक) माथि सरकारको नजर बढाउने जोखिम देखिएको छ। अमेरिकी यातायात मन्त्रालयले टेस्लाको चालकविहीन टेक्नोलोजी र रोबोट्याक्सीको नियमन गर्ने अधिकार राख्दछ। ट्रम्प प्रशासनले यदि रिसाएको अवस्थामा सरकारी ठेक्काहरू पुनः समीक्षा गर्न सक्छ।

प्रेस सेक्रेटरी क्यारोलिन लिविटले पत्रकारहरूलाई जानकारी दिँदै भनिन्, “राष्ट्रपति ट्रम्पले माफीलाई कदर गर्नुभएको छ। ठेक्काबारे समीक्षा भइरहेको छ कि भन्ने प्रश्नमा मसँग जानकारी छैन।”

मस्क–ट्रम्प विवादपछि टेस्लाका सेयरमा केही गिरावट आएको छ। विवादका कारण टेस्लाको बजार मूल्यमा करिब ३०० अर्ब डलरको क्षति भएको छ। टेस्लाको बिक्री युरोप, चीन र क्यालिफोर्निया जस्ता मुख्य बजारहरूमा घटेको देखिएको छ।

टेस्ला लगानी संस्था क्विल्टर शेभिओटकी विश्लेषक ममता वलेच्छाका अनुसार, “मस्कको मेलमिलापपूर्ण अभिव्यक्तिले उनी आफ्ना व्यवसायलाई सुरक्षित गर्न खोजिरहेका छन् भन्ने देखिन्छ।”

सन् २०२४ को चुनावमा मस्कले रिपब्लिकनहरूलाई ३०० मिलियन डलर सहयोग गरेका थिए, जसले पार्टीलाई ह्वाइट हाउस र संसद दुबै सदन जित्न सहयोग पुर्‍यायो। त्यसपछि ट्रम्पले मस्कलाई संघीय कर्मचारी कटौती र खर्च घटाउने अभियानको नेतृत्व दिएका थिए, जुन मस्कले गत महिनाको अन्त्यमा छाडेका थिए।

तर गत शनिबार ट्रम्पले सार्वजनिक रूपमा मस्कसँगको सम्बन्ध अन्त्य भएको घोषणा गर्दै चेतावनी दिएका, “यदि मस्कले डेमोक्र्याटहरूलाई समर्थन गरे भने गम्भीर परिणाम हुनेछ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com