अमेरिकाबाट देशनिकाला हुने नेपालीमा डिभीबाट ग्रिनकार्ड पाएका समेत: कस्तो अवस्थामा देशनिकाला?


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

अमेरिकाका कानुन व्यवसायी बासु फुलारा

आइतबार अमेरिकाबाट देशनिकाला भएर नेपाल पठाइएकाहरूमा विगतमा डिभीमार्फत ग्रिनकार्ड पाएका व्यक्तिहरू पनि रहेको जनाइएको छ। निश्चित अवस्थामा ग्रिनकार्डवाहकको समेत ग्रिनकार्ड खारेज भएर देशनिकालाको आदेश हुनसक्ने प्रावधान भएकाले ग्रिनकार्ड पाइसकेका व्यक्तिहरू पनि ग्रिनकार्ड खोसिएर अमेरिकाबाट देशनिकालामा पर्न सक्छन्। अमेरिकी ग्रिनकार्ड पाइसकेका भुटानी शरणार्थीहरू विभिन्न अपराधका कारण ग्रिनकार्ड खोसिएर देशनिकाला भएपछि अहिले नेपालमा फिर्ता गएका विवरणहरू अझै ताजै छन्।

न्युयोर्कका कानुन व्यवसायी बासु फुलाराले डिभी लोटरी जित्नाले ग्रिनकार्ड पाउने अनुमति प्राप्त भए पनि यसले जीवनभरको सुरक्षाको ग्यारेन्टी नगर्ने बताएका छन्। डिभीमार्फत ग्रिनकार्ड पाएकाहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गर्नुपर्ने र त्यसो नगरेमा ग्रिनकार्ड खारेज भएर अमेरिकाबाट देशनिकाला हुनसक्ने उनको भनाइ छ।

डिभीमार्फत ग्रिनकार्ड पाएकाहरू पनि अन्य तरिकाले ग्रिनकार्ड पाएकाहरू जस्तै लागूऔषध अपराध, ठगी, घरेलु हिंसा, वा चोरी लगायतका कैयन् अपराधहरूमा दोषी ठहरिएमा देशनिकालामा पर्नसक्ने फुलाराले जानकारी दिएका छन्। अपराधको प्रकृतिअनुसार एउटै अपराधमा दोषी ठहर भएमा समेत ग्रिनकार्ड खारेज भएर देशनिकाला हुनसक्ने उनले बताएका छन्।

अमेरिकाका कानुन व्यवसायी बासु फुलारा

फुलाराका अनुसार आप्रवासन ठगी वा गलत प्रस्तुतिका कारण पनि ग्रिनकार्ड खारेज भएर देशनिकाला हुनसक्छ। डिभी भर्दा वा ग्रिनकार्ड प्रक्रियामा गलत जानकारी प्रदान गरेको भएमा वा नक्कली विवाह तथा नक्कली कागजात प्रयोग गरेको पत्ता लागेमा पनि ग्रिनकार्ड खारेज भएर देशनिकाला हुनसक्ने फुलाराको भनाइ छ। कतिपय नेपालीहरूले डिभी भर्दा दम्पती वा छोराछोरीको नाम छुटाउने तर पछि आई-१३० मार्फत ग्रिनकार्ड आवेदन दिएर ग्रिनकार्ड पाइसकेपछि अमेरिकी नागरिकता आवेदन दिँदा उनीहरूले गलत विवरण भरेको पत्ता लाग्दा समेत ग्रिनकार्ड खारेज भएर देशनिकालाको सामना गरेका उदाहरणहरू छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्डवाहकले अमेरिकासँग आफ्नो सम्बन्ध कायम राख्नुपर्छ। लामो समयसम्म अमेरिकामा अनुपस्थिति, कर फाइल नगर्नु वा अमेरिकामा बसोबास नहुनुले स्थिति परित्याग गरेको मानिनसक्ने भएकाले त्यस्तो अवस्थामा समेत डिभीमार्फत ग्रिनकार्ड पाएकाहरूको ग्रिनकार्ड गुम्नसक्ने कानुन व्यवसायी फुलाराको भनाइ छ। त्यस्तै राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षामा खतरा हुने गरी आतंकवाद, जासुसी, वा सम्बन्धित गतिविधिहरूमा संलग्नता भएमा ग्रिनकार्ड जसरी प्राप्त भएको भए पनि खारेज गरेर देशनिकाला हुने फुलाराले जानकारी दिएका छन्।

अमेरिका प्रवेश पछि आप्रवासन कानुन उल्लंघन गरेमा पनि ग्रिनकार्ड गुम्नसक्छ। अरू व्यक्तिको गैरकानुनी प्रवेशमा सहयोग गर्ने वा लाभको दुरुपयोग गर्ने जस्ता गतिविधिले पनि ग्रिनकार्ड गुमेर देशनिकालाको अवस्था निम्त्याउनसक्ने फुलाराले जानकारी दिएका छन्। डिभीमा आधारित ग्रिनकार्ड एक जिम्मेवारीसहितको विशेषाधिकार भएको तथा स्थायी बसोबास कायम राख्न ग्रिनकार्डवाहकले कानुन पालना गर्नुपर्ने, बसोबास कायम राख्नुपर्ने र सबै आप्रवासन मामिलामा सत्यनिष्ठ हुनुपर्ने फुलाराको सुझाव छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com