अमेरिकामा निर्भरता घटाउँदै सुरक्षा बलियो बनाउने रणनीतिमा क्यानडा


प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार टोरन्टोमा क्यानडाले यसै वर्ष नाटोको रक्षा खर्चको दुई प्रतिशत लक्ष्य पुरा गर्ने घोषणा गरेका छन् ।

उनले वर्तमान विश्वव्यापी परिस्थितिहरू अझ जटिल र चुनौतीपूर्ण हुँदै गएका कारण, क्यानडाले अमेरिकामा निर्भरता घटाएर आफ्नो सुरक्षा व्यवस्था सुदृढ बनाउनु आवश्यक रहेको औँल्याए ।

प्रधानमन्त्री कार्नीले भने, “म आज घोषणा गर्न चाहन्छु कि क्यानडाले नाटोको दुई प्रतिशत रक्षा खर्चको लक्ष्य यस वर्ष नै पुरा गर्नेछ, जुन तय भएको समयभन्दा पाँच वर्ष छिटो हो ।”

उनले थपे, “हामीमाथि खतराहरू बढिरहेका छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घोषणा अन्य देशहरूले पनि यस्तै घोषणा गरेपछि आएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई आफ्नो रक्षा खर्च बढाउन दबाब दिइरहेका छन् ।

कार्नीले भने, “यो संसार कठिन र प्रतिस्पर्धात्मक हुँदै गएको छ । त्यसैले क्यानडाको नेतृत्व हाम्रो मूल्य र शक्ति दुवैबाट देखिन्छ ।”

उनले अमेरिकाको विश्व नेतृत्व बदलिँदै गएको बताउँदै भने, “संयुक्त राज्यले आफ्नो बजारमा पहुँचका लागि शुल्क लिँदैछ र हाम्रो सुरक्षा सहयोग घटाइरहेको छ । हामीले हाम्रो रक्षा खर्चको धेरै हिस्सा अमेरिका पठाउन बन्द गर्नु पर्छ ।”

कार्नीले रूस र चीनबाट पनि नयाँ खतरा देखिएको बताउँदै क्यानडाले आफ्नो सुरक्षा बललाई बलियो बनाउनुपर्ने उल्लेख गरे । अप्रिलमा ३२ सदस्यमध्ये २२ ले दुई प्रतिशत रक्षा खर्च पुरा गरिसकेका नाटोले जनाएको छ ।

रूसले सन् २०२२ मा युक्रेनमाथि हमला गरेपछि युरोपेली देशहरूले आफ्नो सैनिक खर्च बढाएका छन् र नाटोले दुई प्रतिशत रक्षा खर्च न्यूनतम मानक बनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com