लस एन्जलसको प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ गरिरहेकी अष्ट्रेलियन पत्रकारमाथि गोली प्रहार


प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

(SpotNews)U.S.-CALIFORNIA-LOS ANGELES-POLICE-PROTESTERS-CLASH

अमेरिकाको लस एन्जलसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भइरहेको व्यापक विरोध प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ गर्दै गरेकी एक अष्ट्रेलियन टेलिभिजन पत्रकारमाथि प्रहरीद्वारा गैरघातक गोली प्रहार गरिएको छ। आइतबार दिउँसोको सो घटनामा पत्रकार लरेन टोमासीको खुट्टामा गोली लागेको हो।

नाइन न्यूजद्वारा सार्वजनिक गरिएको भिडियोमा संवाददाता टोमासीले माइक्रोफोन समातेर प्रत्यक्ष प्रसारण गरिरहेकी बेला उनको पछाडि रहेका एक प्रहरी अधिकृतले अचानक हतियार उठाएर नजिकैबाट गैरघातक गोली प्रहार गर्छन्। टोमासीले व्यक्तिगत सुरक्षा उपकरण नलगाएको अवस्थामा गोली लागेपछि चिच्याउँदै आफ्नो खुट्टा समात्छिन् र क्यामेराम्यानसहित तुरुन्तै प्रहरी लाइनबाट पछि हट्छिन्।

भिडियोमा स्पष्ट रूपमा सुन्न सकिन्छ, जब घटनाको तुरुन्तैपछि क्यामेराबाट बाहिर कसैले आक्रोशपूर्वक चिच्याउँछ – “तिमीले रिपोर्टरलाई नै हानेउ !”

घटनापछि टोमासीले आफ्नो टिमलाई ढाडस दिँदै भनिन्, “हो, म ठीक छु, म ठीक छु।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त रिपोर्टिङको समयमा टोमासी र उनको टिम दङ्गा नियन्त्रण प्रहरी र प्रदर्शनकारीहरूको बीचमा परेका थिए। भिडन्तको आवाजबीच टोमासीले रिपोर्टिङ गर्न संघर्ष गरिरहेकी देखिन्छिन्। एक क्षणमा एक प्रदर्शनकारीले प्रत्यक्ष प्रसारणकै क्रममा क्यामेरा समाउने प्रयास गरेका थिए।

टोमासीले रिपोर्टिङ गर्दै भनिन्, “यहाँबाट मानिसहरूलाई हट्न भनिएको छ, तर प्रदर्शनकारीहरूले इन्कार गरिरहेका छन्। हामी यहाँ सुरक्षित छौं, केवल आवाज धेरै छ। तर तपाईंले यहाँको अस्थिरता देख्न सक्नुहुन्छ।”

सोमबार नाइन न्यूजसँगको अन्तर्वार्तामा टोमासीले आफू र क्यामेराम्यान जिम्मी दुवै पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिइन्। “म ठीक छु। यस्ता घटनाहरूको रिपोर्टिङ गर्दा कहिलेकाहीँ दुर्भाग्यपूर्ण स्थिति आउन सक्छन्,” उनले भनिन्।

टोमासी कार्यरत नाइन न्यूज अष्ट्रेलियाको प्रमुख मिडिया हाउस नाइन अन्तर्गत पर्दछ। यसले टेलिभिजन, रेडियो, प्रिन्ट र डिजिटल माध्यमहरूमा सेवा प्रदान गर्छ। च्यानल नाइन, द सिड्नी मर्निङ हेराल्ड र द एज जस्ता लोकप्रिय च्यानल तथा पत्रिकाहरू यसकै प्रमुख प्लेटफर्म हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नियन्त्रण सम्बन्धी नीतिका विरोधमा शुक्रबार केही सय प्रदर्शनकारीहरूले सुरु गरेको प्रदर्शन आइतबारसम्म हजारौंमा पुगेको थियो। प्रदर्शनकारीहरूले एक प्रमुख फ्रीवे अवरुद्ध गरेका थिए र केही सेल्फ-ड्राइभिङ कारहरूमा आगजनी समेत गरेका थिए।

राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको असहमति हुँदाहुँदै पनि शहरमा नेशनल गार्डका सैनिकहरू तैनाथ गरेका थिए। यो सन् १९६७ पछि पहिलो पटक हो, जब कुनै राज्यको स्वीकृति विना संघीय सरकारद्वारा नेशनल गार्ड तैनाथ गरिएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com