अमेरिकी मध्यस्थतामा युद्धविराम गर्न युक्रेन तयार, हामी लड्न चाहँदैनौँ : जेलेन्स्की


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

Ukrainian President Volodymyr Zelensky addresses a press conference with his Czech counterpart in Prague Castle, Czech Republic, on May 4, 2025. Ukrainian President Volodymyr Zelensky arrived in Prague for a two-day visit, Czech politicians said. (Photo by Michal Cizek / AFP)

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्न तयार रहेको बताएका छन्। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई “पूर्णरूपमा पराजित” गर्ने उद्देश्य राखेको आरोपसमेत लगाए। उनले अमेरिकाको शक्तिशाली भूमिका र दबाबबिना पुटिन शान्तिको पक्षमा आउने सम्भावना नरहेको स्पष्ट पारे।

एबीसी न्यूजकी पत्रकार मार्था राडाट्जसँग कीभमा भएको विशेष अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले पुटिन शान्तिमा विश्वास नगर्ने व्यक्ति भएको र “कडा दबाब” मात्रले उनलाई “व्यावहारिक” बनाउने विश्वास व्यक्त गरे। “त्यसपछि मात्र उनीहरूले युद्ध रोक्नेछन्,” उनले भने।

“म विश्वस्त छु, यो प्रक्रिया अगाडि बढाउन अमेरिकी राष्ट्रपतिसँग पर्याप्त शक्ति र प्रभाव छ”, उनले थपे।

जेलेन्स्कीको यो भनाइ त्यस्तो समयमा आएको हो, जब रूसले हालै युक्रेनमाथि हालसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। युक्रेनी वायु सेनाका अनुसार, रूसले गत साता ४७२ वटा ड्रोन प्रहार गर्‍यो । जुन युद्ध सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन हमला हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलेन्स्कीले भने, “सायद धेरैले बुझ्दैनन्, तर हामी प्रत्येक दिन आक्रमणमा परिरहेका छौं। जब रुसीहरू युद्धविरामबारे कुरा गर्छन्, उनीहरू त्यसैबीच आक्रमण पनि गरिरहेका हुन्छन्।”

युक्रेनले हालै गरेको आक्रमण “अपरेशन स्पाइडरवेब” का रूपमा चिनिएको छ। यो योजनाबद्ध र गोप्य कारबाही अन्तर्गत युक्रेनी ड्रोनहरूले साइबेरियासम्म रहेका रूसी हवाई अड्डाहरूमा आक्रमण गरे। युक्रेनी दाबी अनुसार, यस आक्रमणमा रूसका करिब ४० वटा रणनीतिक बमवर्षक विमानहरू नष्ट भएका छन्, जुन रूसको कुल क्षमताको एक-तिहाइ हो।

तर अमेरिकी अधिकारीहरूका अनुसार मात्र करिब १० वटा विमान क्षतिग्रस्त भएका हुन्।

आक्रमणको भिडियो सार्वजनिक भयो, जसमा देखाइएको छ कि युक्रेनी ड्रोनहरू रूसी सवारीहरूद्वारा तानिएका मोबाइल क्याबिनहरू र कन्टेनरहरूबाट प्रक्षेपित भएका थिए।

जेलेन्स्कीका अनुसार, “रूसी चालकहरूलाई केही थाहा थिएन। यो सम्पूर्ण अपरेसनमा युक्रेनी हतियार मात्र प्रयोग गरिएको थियो।”

“अपरेशन स्पाइडरवेब” अठार महिनासम्मको तयारीपछि सञ्चालनमा ल्याइएको थियो र केवल सैनिक लक्ष्यहरूलाई निशाना बनाइएको थियो। जेलेन्स्कीका अनुसार यसको उद्देश्य वार्ताको टेबलमा युक्रेनको हैसियत बलियो बनाउनु हो।

“हामी रूसको आक्रामकता बलद्वारा मात्र रोक्न सक्छौं,” उनले भने।

उनले थपे, “हामी बुझ्दछौं, यदि हामीले केही निर्णायक कदम चाल्यौं भने, रूसलाई थाम्न सक्छौं र सम्भवतः त्यसपछि उनीहरू कूटनीतिक वार्ताका लागि तयार हुन्छन्।”

अमेरिकाले डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै रूस र युक्रेनसँग छुट्टाछुट्टै वार्ता गर्दै आएको छ। “अपरेशन स्पाइडरवेब” को भोलिपल्ट मात्र दुबै देशका प्रतिनिधिमण्डलहरू इस्तानबुलमा भेट भएका थिए।

यस अपरेसनलाई लिएर क्रेमलिनले “आतंकवादी आक्रमण” को संज्ञा दिएको छ, तर जेलेन्स्कीले यस आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै भने, “यो पूर्णतः सैन्य अपरेसन हो। यो युद्ध रोक्ने हाम्रो इच्छाको प्रमाण हो। हामी लड्न चाहँदैनौं।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com