लस एन्जलसमा आप्रवासन छापामारीपछि चर्किएको प्रदर्शन, खटिए २००० नेसनल गार्ड
प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार
TOPSHOT – A protester waves a combined US-Mexican flag as law enforcement clashes with demonstrators during a protest following federal immigration operations, in the Compton neighborhood of Los Angeles, California on June 7, 2025. US President Donald Trump deployed 2,000 troops on June 7, 2025 to handle escalating protests against immigration enforcement raids in the Los Angeles area, a move the state’s governor termed “purposefully inflammatory.” Federal agents clashed with angry crowds in a Los Angeles suburb as protests stretched into a second night Saturday, shooting flash-bang grenades and shutting part of a freeway amid raids on undocumented migrants, reports said. (Photo by RINGO CHIU / AFP)
अमेरिकाको लस एन्जलस शहरमा संघीय आप्रवासन अधिकारीहरूद्वारा गरिएको छापामारीपछि चर्किएको विरोध प्रदर्शनको जवाफस्वरूप राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दुई हजार नेसनल गार्ड खटाएको छ ।
संघीय अधिकारीहरूले गत शुक्रबार शहरका विभिन्न स्थानमा छापा मारी कम्तीमा ४४ जनालाई पक्राउ गरेपछि प्रदर्शन सुरु भएको हो। विरोध प्रदर्शन शनिबारसम्म जारी रह्यो, जसमा सयौं प्रदर्शनकारीहरूले सडकमा नाराबाजी गरे।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले यदि हिंसा जारी रह्यो भने सक्रिय सेवा (एक्टिभ ड्युटी)मा रहेका मरीन फौजसमेत खटाउने चेतावनी दिएका छन्। उनले क्याम्प पेंडलटनस्थित मरीनहरूलाई ‘उच्च सतर्कता’मा राखिएको जानकारी दिएका छन्।
शनिबार लस एन्जलसको प्यरामाउण्ट क्षेत्रमा संघीय सुरक्षाकर्मीहरू प्रदर्शनकारीहरूसँग आमनेसामने भए। केही प्रदर्शनकारीहरूले मेक्सिकन झण्डा समेत बोकेका थिए। राति सहरको डाउनटाउन क्षेत्रमा करिब ६० प्रदर्शनकारी भेला भई ‘आइस बाहिर जाऊ !’ भन्ने नारा लगाएका थिए।
राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको विशेष आदेशमार्फत नेसनल गार्ड खटाउने निर्णय गरेका थिए । ह्वाइट हाउसले एक विज्ञप्तिमा भन्यो, “यो निर्णय कानूनविहीन अवस्थालाई अन्त्य गर्न गरिएको हो।”
तर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले ट्रम्पको कदमलाई ‘जानाजान उक्साउने कार्य’ भनी टिप्पणी गरेका छन्। उनले एक्समा लेखेस्
“यो तमासा सिर्जना गर्न गरिएको कदम हो, कानुन कार्यान्वयनको कमी होइन।” उनले जनतालाई शान्तिपूर्ण विरोध गर्न र हिंसा नगर्न आग्रह गरे।
मेयर करेन बासले पनि यस घटनाको निन्दा गर्दै भनिन्, “यी छापा र नियन्त्रणका तरिकाहरूले हाम्रो समुदायमा भय फैलाउँछन्। हामी यस्तो व्यवहारलाई समर्थन गर्न सक्दैनौं।”
ह्वाइट हाउसका सल्लाहकार स्टेफन मिलरले प्रदर्शनलाई “हिंसात्मक बिद्रोह” भनेका छन्। उपराष्ट्रपति जे.डी. भ्यान्सले भने, “विदेशी झण्डा बोकेका बिद्रोहीहरूले आप्रवासन अधिकारीहरूलाई आक्रमण गरिरहेका छन्।” उनले सीमा सुरक्षा नीतिको आलोचना गर्ने राजनीतिज्ञहरूप्रति आक्रोश व्यक्त गरे।
प्यरामाउण्ट क्षेत्रमा लिइएको भिडिओ फुटेजमा हरियो वर्दीमा सुरक्षाकर्मीहरू, ग्यास मास्क लगाएर प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइरहेको देखिन्छ। केहि प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ भने प्रहरीले एक्समा “कयौं व्यक्तिलाई चेतावनी दिएपछि पनि नहटेपछि नियन्त्रणमा लिइएको” जनाएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनस्थलमा किनमेल कार्टहरू उल्ट्याइएका थिए र साना कन्टेनरहरू विस्फोट भएर ग्यासको मुस्लो बनेको देखिएको थियो।
प्रदर्शनकारी रोन गोचेज, ४४ वर्ष, ले भने, “अब तिनीहरूले बुझ्नेछन् कि जहाँ पनि हाम्रो समुदाय छ, त्यहाँ गएर हाम्रो जनतालाई अपहरण गर्न सक्दैनन्। उनीहरूले एउटा संगठित प्रतिरोध भोग्नैपर्छ।”
शुक्रबारको पहिलो चरणको छापामा आइस (आप्रवासन र भन्सार प्रवर्तन)का अधिकारीहरूले लस एन्जलसका विभिन्न स्थानहरू र दैनिक मजदुरहरूलाई लक्षित गरेर छापा मारेका थिए।
चिरला नामक आप्रवासी अधिकार संस्थाकी निर्देशक एन्जेलिका सालासका अनुसार, वकिलहरूलाई पक्राउ परेकासँग भेट्न दिइएको छैन, जुन निकै चिन्ताजनक अवस्था हो।
राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीहरूको रेकर्ड संख्यामा देशनिकाला गर्ने र अमेरिका-मेक्सिको सीमालाई पूर्णरूपमा सिल गर्ने प्रतिज्ञा गरेका छन्। उनका अनुसार आइसले प्रति दिन कम्तीमा ३,००० आप्रवासीलाई पक्राउ गर्नु पर्ने लक्ष्य राखिएको छ।
तर, यस कडाइले केही कानुनी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई पनि प्रभावित गरेको छ। स्थायी आवास भएका व्यक्तिहरू समेत पक्राउमा परेका छन्, जसका कारण कानुनी चुनौतीहरू पनि बढेका छन्।








