सोमबारदेखि अमेरिका प्रवेश गर्न पाउने छैनन् अफगानिस्तानसहित यी १२ देशका नागरिक


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको नयाँ आदेशअनुसार १२ देशका नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न लगाइएको प्रतिबन्ध सोमबार बिहान १२:०१ (पूर्वी समयअनुसार) अर्थात् ०४०१ जीएमटीबाट लागू हुने जनाइएको छ। ट्रम्प प्रशासनले यो कदम ‘विदेशी आतंकवादीहरूबाट देशको सुरक्षा’ सुनिश्चित गर्न चालेको बताएको छ।

नयाँ आदेश अनुसार पूर्ण प्रतिबन्ध लाग्ने देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।

यी देशका नागरिकहरूले अब अमेरिकामा प्रवेश पाउने छैनन्, चाहे त्यो पर्यटन, अध्ययन वा शरणको उद्देश्यले होस् ।

साथै, अन्य सात देशहरू (बुरुन्डी, क्यूबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान, र भेनेजुएला) माथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ, जसमा केही प्रकारका भिसाहरूमा मात्र रोक लगाइनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले भने, “यी देशहरूमा आतंकवादीहरूको उल्लेख्य उपस्थिति रहेको छ, उनीहरूले भिसा सुरक्षामा पर्याप्त सहयोग गरेका छैनन्, यात्रुहरूको पहिचान पुष्टि गर्न नसक्ने अवस्था छ, र आपराधिक रेकर्ड तथा भिसा अवधि उल्लंघनका दर अत्यन्त उच्च छन्।”

उनी भन्छन्, “हामी हाम्रो सीमालाई असुरक्षित देशहरूका नागरिकहरूबाट जोगाउनु आवश्यक छ।”

ट्रम्पले गत आइतबार अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा भएको एउटा घटनालाई पनि उदाहरणका रूपमा उल्लेख गरेका छन्, जहाँ एक इजिप्टेली नागरिकले प्रि-इजरायल प्रदर्शनकारीहरूको भिडमा पेट्रोल बम फ्यालेका थिए। यद्यपि इजिप्ट यो प्रतिबन्ध सूचीमा छैन।

यो कदमप्रति धेरै देशहरूले आलोचना गरेका छन् । चाडका राष्ट्रपति महामत इद्रिस डेबी इत्नोले आफ्नो सरकारलाई अमेरिकी नागरिकहरूलाई चाडको भिसा नदिने निर्देशन दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, “चाडसँग न त जहाज छ, न अर्बौं डलर, तर चाडसँग आफ्नो आत्म-सम्मान र गौरव छ।” उनले कतारजस्ता देशहरूमाथि संकेत गर्दै भनेका थिए, जसले ट्रम्पलाई विलासी विमान दिएको थियो र अमेरिकी परियोजनामा अर्बौं डलर लगानीको वाचा गरेको थियो।

अफगानिस्तानमा अमेरिकी सेनाको सहयोगमा काम गरेका र पुनर्स्थापनाको आशमा रहेका सयौं अफगानीहरूले प्रतिबन्धका कारण अब तालिबानको प्रतिशोधको डरमा आफ्नै देश फर्किनुपर्ने चिन्ता व्यक्त गरेका छन्।

डेमोक्र्याटिक पार्टीका सांसदहरूले पनि यो नीतिको आलोचना गरेका छन्। अमेरिकी प्रतिनिधिसभाका सदस्य रो खन्नाले सामाजिक सञ्जालमार्फत लेखे,
“१२ भन्दा बढी देशका नागरिकहरूलाई प्रतिबन्ध लगाउने ट्रम्पको यात्रा नीति कठोर र असंवैधानिक छ। मानिसहरूले शरण खोज्ने अधिकार पाउनु पर्छ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com