२१ औँ महिनामा इजरायल र हमासबीचको युद्ध, आइतबार मात्रै गाजामा १० जना मारिए


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

MIDEAST-GAZA-AIRSTRIKE

इजरायल र हमासबीचको युद्ध २१ औँ महिनामा प्रवेश गर्दै गर्दा आइतबार गाजामा इजरायली आक्रमणबाट कम्तीमा १० जनाको ज्यान गएको छ । मृतकमध्ये दुई जना साना बालिकाहरू रहेको गाजाको नागरिक सुरक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता महमुद बास्सलका अनुसार, बिहान करिब ६ बजेतिर रफाहको पश्चिम क्षेत्रमा रहेको राहत वितरण केन्द्रतर्फ जाँदै गरेका सर्वसाधारणमाथि इजरायली सेनाले गोली चलाएको थियो । “घटनामा पाँच जनाको मृत्यु भएको छ र कैयौँ घाइतेलाई खान युनिसस्थित नासेर अस्पताल पुर्याइएको छ,” उनले भने ।

उक्त राहत वितरण केन्द्र अमेरिकाबाट सहयोग प्राप्त गाजा मानवीय सहयोग संस्था नजिकै रहेको थियो, जसको कार्यशैली र निष्पक्षतामाथि संयुक्त राष्ट्रसङ्घ र अन्य मानवसेवा संस्थाहरूले गम्भीर आलोचना गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घले सो संस्थासँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

इजरायली सेनाले घटनापछि प्रतिक्रिया दिँदै भन्यो, “सैनिकहरूलाई खतरा हुने गरी सर्वसाधारण अगाडि बढेपछि हामीले चेतावनी दिएर मात्र गोली प्रहार गरेका हौँ ।” सेनाका अनुसार उक्त क्षेत्रलाई रातभर ‘युद्ध क्षेत्र’ घोषणा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्यक्षदर्शी अब्दल्लाह नूर अल–दिनका अनुसार, बिहान करिब साढे चार बजेतिर रफाहको अल–आलाम क्षेत्रमा मानिसहरू जम्मा हुन थालेका थिए । करिब एक घण्टा पछि सयौँ मानिस राहत वितरण केन्द्रतर्फ अगाडि बढेपछि सेनाले गोली चलाएको थियो ।

नासेर अस्पतालबाहिर पत्रकारले खिचेको दृश्यमा आफन्तहरूले रगतले रञ्जित शवहरू अँगालो हालेर विलाप गरिरहेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार, दुई महिनादेखिको पूर्ण इजरायली नाकाबन्दीका कारण खाद्यान्नको चरम अभाव छ र राहत लिन जाँदा ज्यानको जोखिम मोल्नुपरेको छ। गत मेको अन्त्यदेखि अहिलेसम्म राहत वितरण केन्द्रहरूसँगै भएका घटनामा दर्जनौँ मानिसको मृत्यु भइसकेको छ ।

त्यसैगरी, आइतबार बिहान करिब १ बजेतिर दक्षिणी गाजाको अल–मावासी क्षेत्रमा रहेको विस्थापित शिविरमा भएको आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ । तीमध्ये दुई जना बालिकाहरू रहेको प्रवक्ता बास्सलले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com