मस्कसँग कुरा गर्ने मुडमा छैनन् ट्रम्प, मार्चमा किनेको रातो टेस्ला कारबाट छुटकारा पाउने संकेत


प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार

Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सम्बन्धमा गम्भीर दरार आएको छ। कर कटौती र खर्च वृद्धिसम्बन्धी ट्रम्पको विवादास्पद विधेयकलाई लिएर दुबैबीच चर्काचर्की सुरु भएको हो। ट्रम्पले शुक्रबार मस्कसँग कुराकानी गर्ने कुनै योजना नभएको स्पष्ट पार्दै, दुबैबीचको पुरानो सहकार्य अब टुटेको सङ्केत दिएका छन्।

एयर फोर्स वनबाट पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म मस्कबारे सोच्दै छैन। म चाहन्छु उसले टेस्लामा राम्रो गरोस्।’

यद्यपि उनले मस्कले संघीय सरकारसँग गरेका ठूलो परिमाणका सम्झौताहरूको समीक्षा गरिने बताएका छन्। ‘हामी सबै कुरा हेर्छौं, धेरै ठूलो रकम लागेको छ’, ट्रम्पले थपे।

ट्रम्प प्रशासनले हालसालै पारित गराएको कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयकलाई मस्कले “घृणास्पद” भन्दै आलोचना गरेका छन्। उनले एक्समा रिपब्लिकनहरूको यो विधेयकले अमेरिकी ऋणमा ३६ दशमलव २ ट्रिलियन डलर पुर्‍याउने र राजनीतिक रूपले पार्टीलाई कमजोर पार्ने उल्लेख गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मस्कले अमेरिकामा ८० प्रतिशत मध्यम वर्गको प्रतिनिधित्व गर्ने नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्ने पनि बताएका छन्।

मस्कले ट्रम्पको २०२४ राष्ट्रपतिको पुनः उम्मेदवारी अभियानलाई ठूलो आर्थिक समर्थन दिएका थिए। ट्रम्पले उनलाई सरकारी दक्षता विभागको प्रमुख बनाएर संघीय कर्मचारी संख्या र खर्च कटौतीको अभियानको नेतृत्व गर्न नियुक्त गरेका थिए।

यद्यपि मस्कको योजनाअनुसार उनले केवल संघीय खर्चको ० दशमलव ५ प्रतिशत मात्र घटाउन सके। ट्रम्पले मस्कलाई एक हप्ता अघि ह्वाइट हाउसमा सम्मानित गर्दै उक्त भूमिकाबाट बिदा दिएका थिए।

तर विधेयकमा मस्कको खुलेआम विरोधले ट्रम्पलाई थप अप्ठ्यारोमा पारिदिएको छ। हालको विधेयक प्रतिनिधिसभाबाट मुस्किलले पारित भएको छ र अहिले सिनेटमा छ, जहाँ रिपब्लिकनहरूले अझ संशोधन गर्ने बताएका छन्। स्वतन्त्र विश्लेषकहरूका अनुसार विधेयकले आगामी १० वर्षमा २ दशमलव ४ ट्रिलियन ऋण थप्नेछ।

ट्रम्पले मार्च महिनामा किनेको रातो टेस्ला मोडल एस कारबाट पनि छुटकारा पाउने संकेत गरेका छन्। एक ह्वाइट हाउस अधिकारीका अनुसार, ट्रम्प मस्कको विद्युतीय कारलाई अब समर्थन गर्न इच्छुक छैनन्।

यसबीच मस्कको नजिकको सल्लाहकार टोलीले मस्कको रिस केही घट्दै गएको र उनी ट्रम्पसँग सम्बन्ध सुधार्न चाहने बताएका छन्।

तर, मस्कका कतिपय समर्थकहरू भने अझै चुप छन्। लगानीकर्ता जेम्स फिशब्याकले मस्कलाई ट्रम्पसँग माफी माग्न सुझाव दिएका छन्। उनले भने, “राष्ट्रपति ट्रम्पले सहनशीलता देखाएका छन्, तर एलनको व्यवहार चिन्ताजनक छ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com